Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

अर्थतन्त्रलाई पुनर्जीवित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको छ : नाडा

अर्थतन्त्रलाई पुनर्जीवित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको छ : नाडा
विज्ञापन
Advertisement

काठमाडौं । अन्तरिम सरकारले घोषणा गरेको राहत प्याकेजलाई अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले स्वागत गरेको छ । जेन–जी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानहरूको समस्यालाई सम्बोधन गर्दै सरकारले घोषणा गरेको राहत प्याकेजले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै देशको अर्थतन्त्रलाई पुनर्र्जीवित गर्न प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको नाडाले बताएको हो ।

विज्ञापन
Advertisement
Advertisement

‘यस कदमले उद्योग, व्यवसाय र सरकारबीचको विश्वासलाई अझ मजबुत बनाउने छ। हामी आशा गर्दछौं कि चाँडै नै अटोमोबाइल क्षेत्र पुनः स्थिरतामा फर्किनेछ, माग पुनर्र्जीवित हुनेछ, रोजगारी सुरक्षित हुनेछ, र नेपाललाई आर्थिक समृद्धितर्फ अगाडि बढाउने यात्रामा यो कदम महत्वपूर्ण मोड बन्नेछ’ नाडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नाडाका अध्यक्ष करण कुमार चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले केही दिनअघि प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरी आन्दोलनबाट गम्भीर प्रभावित बनेको अटोमोबाइल उद्योग तथा व्यवसायलाई पुनर्र्जीवित गर्न विशेष राहत प्याकेज ल्याउन आग्रह गरेको थियो। त्यस अनुरोधलाई सरकारले उच्च प्राथमिकताका साथ सम्बोधन गरी निर्णयमा परिणत गरेको भन्दै नाडाले उद्योगी व्यवसायीले आत्मबल बढाएको जनाएको छ ।

नाडाले सरकारको राहत घोषणाले निजी क्षेत्रको आवाजलाई कदर गर्ने मात्र नभई तत्काल कार्यान्वयनमा जान तयार रहेको प्रमाणित गरेको समेत बताएको छ।
‘ पछिल्ला घटनाले गर्दा यो क्षेत्रमा ठूलो धक्का पुगेको थियो। प्रदर्शन र अशान्तिबाट धेरै शो–रुम, गाडी, गोदाम र सम्पत्ति क्षतिग्रस्त भए आपूर्ति श्रृंखला अवरुद्ध भयो र ग्राहकहरूको विश्वासमा समेत असर पर्न पुग्यो। यस्तो कठिन अवस्थामा सरकारले ल्याएको राहत प्याकेज उद्योगी व्यवसायीहरूका लागि ठूलो ढुक्क र हौसला दिने आधार बनेको छ’ नाडाले भनेको छ ।

सरकारले आन्दोलनबाट प्रभावित ऋणी उद्योग व्यवसायीका लागि साँवा तथा ब्याज भुक्तानी अवधि थप्ने, प्रभावित उद्योग तथा व्यवसायलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउने,क्षतिको ५० प्रतिशत रकम अग्रिम रूपमा बीमामार्फत छिट्टै भुक्तानी गर्ने, आगजनी वा तोडफोडबाट क्षति भएका मालसामान पुनःस्थापनाका लागि आयात गर्दा भन्सार महसुल तथा अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने, राष्ट्रिय पुनर्निर्माण कोषमा योगदान गरेको रकमलाई कर कटौतीमा गणना गर्नेलगायतका विभिन्न प्याकेज घोषणा गरेको थियो ।

उक्त प्याकेजलाई नाडाले उद्योगी व्यवसायीहरूको आवाज सुन्ने र तत्काल कार्यान्वयन गर्ने सरकारको दृढता भएको प्रमाणका रूपमा लिएको उल्लेख गरेको छ। ‘यी सबै प्रावधानहरूले प्रभावित अटोमोबाइल उद्योगी तथा व्यवसायीहरूलाई प्रत्यक्ष राहत दिलाउने अपेक्षा गरिएको छ। अग्रिम दाबी भुक्तानी, कर्जामा सहजता, भन्सार छुट र करमा सहुलियतले तत्कालका कठिनाइहरू पार गर्न ठूलो योगदान पुर्याउनेछ।’

नाडाले सरकारलाई थप आग्रह गर्दै आएको छ एलटिभी सुविधा आन्दोलन प्रभावित व्यवसायका लागि मात्र नभई सम्पूर्ण सवारी साधनहरूमा विस्तार गर्नुपर्नेमा जोड दिएको छ । यसले बैंकिङ प्रणाली मार्फत लगानीको प्रवाह बढ्ने, रोजगार सुरक्षित हुने र सरकारकै राजस्व आयमा निरन्तरता रहन सक्ने नाडाको विस्वास छ।

त्यस्तै, दीर्घकालीन दृष्टिकोणमा ईभी रोडम्याप, भन्सारमा सुधार र पूर्वाधार विस्तारमा समेत ध्यान दिन नाडाले सरकारलाई आग्रह गरेको छ । ‘अटोमोबाइल क्षेत्रमा गरिएको नीतिगत प्रगतिले मात्र नभई हरित विकास, ऊर्जा सुरक्षाको मजबुतीकरण र अन्तर्राष्ट्रिय प्रतिबद्धताको सम्मान गर्ने मार्ग खुल्नेछ’ नाडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit