काठमाडौं । राफल्स एजुकेयरले लोकप्रिय नृत्य–मनोरञ्जन समूह कार्टुन्ज क्रुसँग औपचारिक गर्दै शिक्षा र मनोरञ्जनलाई जोड्ने अभूतपूर्व सहकार्यको सुरुवात गरेको छ। यसरी परामर्श र मनोरञ्जन उद्योगबीचको सहकार्य विशेषगरी नृत्य उद्योग सँग नेपाली शैक्षिक परामर्श क्षेत्रमा पहिलोपटक भएको हो।
सहकार्यअन्तर्गत युके र अष्ट्रेलियामा अध्ययनलाई केन्द्रमा राखी म्युजिक भिडियो वा मनोरञ्जनात्मक सामग्री निर्माण हुने अनुमान गर्न सकिन्छ। सरोज अधिकारी र आश्मा विश्वकर्मा मुख्य भूमिकामा रहनेछन् भने एन्जल राई र जुक्ति विक्रम शाहीले समेत आफ्नो प्रस्तुति दिने भएका छन्। स्टार कलाकार र अध्ययन सपनाको संगमले यस प्रोजेक्टलाई अत्यधिक चर्चित बनाउने अपेक्षा गरिएको छ।
सम्झौतामा राफल्स एजुकेयरतर्फ संस्थापक तथा सिइओ दिनेश ढकाल र सेल्स, मार्केटिङ तथा एच्आर प्रमुख गौरव सापकोटा उपस्थित थिए भने कार्टुन्ज क्रुतर्फ सरोज अधिकारी र विजय अधिकारीले हस्ताक्षर गरेका थिए। यो सहकार्यले नेपाली शिक्षा परामर्श क्षेत्रमा नयाँ अध्यायको थालनी गर्ने विश्वास गरिएको छ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्