images
images
images

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त

images
images
images

विराटनगर । कोशी प्रदेश सरकारले योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौलालाई नियुक्त गरेको छ।
आज बसेको मन्त्रीपरिषद् बैठकले निरौलालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि आयोगका उपाध्यक्ष रहेका डा. राजेन्द्र अधिकारीले कार्तिक २० गतेदेखि लागू हुने गरी राजीनामा दिएपछि रिक्त पदमा निरौला नियुक्त भएका हुन् ।

images

निरौला बैंकिङ क्षेत्रमा लामो अनुभव राख्नुका साथै स्थानीय तहको कामकारबाहीमा पनि दक्ष व्यक्तिका रूपमा परिचित रहेकाले उनलाई नियुक्त गरिएको प्रदेश सरकारले जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्