Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

तेम्बा बजारमा आगलागी : एक करोड १८ लाखभन्दा बढी क्षति

तेम्बा बजारमा आगलागी : एक करोड १८ लाखभन्दा बढी क्षति
विज्ञापन
Advertisement

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा सवा एक करोड रुपैयाँ बढीको क्षति भएको छ।

विज्ञापन
Advertisement
Advertisement

गएराति जिल्लाको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा भएको आगलागीले चार घर पूर्ण रूपमा नष्ट हुँदा एक करोड १८ लाखभन्दा बढीको क्षति भएको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार स्थानीय इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको व्यावसायिक घरहरू जलेर पूर्ण रूपमा नष्ट भएका हुन्। प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी राजकुमारको ५० लाख बराबरको क्षति पुगेको छ। त्यस्तै, इन्द्रकुमारको ४३ लाख, अनिलको २० लाख र विष्णुप्रसादको पाँच लाख बराबरको क्षति भएको प्रशासनले जनाएको छ ।

आगलागीका कारण इन्द्रकुमारको घरमा डेरा गरी बस्ने दोर्ची शेर्पाको २५ मन अलैँची पनि जलेर नष्ट भएको प्रजिअ सेढाईंले जानकारी दिए । उनका अनुसार दुई वटा मोटरसाइकल, सुनचाँदी, नगद, पशुचौपाया, लत्ताकपडा, खाद्यान्नसहित आवश्यक कागजातसमेत जलेर नष्ट भएका छन् ।

रातिको समय भएकाले सामग्री निकाल्न नसकिएको र आगो नियन्त्रणका लागि दमकल तथा पानीको अभाव हुँदा क्षति बढेको स्थानीयले बताएका छन्। बिहान ५ः३० बजे मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । पार्किङमा राखिएको मोटरसाइकलबाट आगलागी सुरु भएको प्रारम्भिक अनुमान गरिएको भए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit