Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

सुदूरपश्चिम रोयल्सले लिटमस केवल्सलाई बनायो ‘कनेक्टिभिटी’ पार्टनर

सुदूरपश्चिम रोयल्सले लिटमस केवल्सलाई बनायो ‘कनेक्टिभिटी’ पार्टनर
विज्ञापन
Advertisement

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि नेपालको अग्रणी तार तथा केबल उत्पादक ‘लिटमस केवल्स’ सुदूरपश्चिम रोयल्सको ‘कनेक्टिभिटी’ पार्टनरको रूपमा जोडिएको छ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार काठमाडौंमा लिटमस इन्डस्ट्रिज लिमिटेडका एसोसियट उपाध्यक्ष सन्जिव झा र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतापछि सुदूरपश्चिमका सीईओ खड्काले देशको अग्रणी ब्रान्ड लिटमससँग जोडिन पाउँदा खुशी व्यक्त गर्दै भने, ‘यसले सुदूरपश्चिमको टिमसँग राम्रो सम्बन्ध जोड्ने माध्यम बन्नेछ ।’

यसैगरी, लिटमस इन्डस्ट्रिजका एसोसियट उपाध्यक्ष सन्जिव झाले सुदूरपश्चिमसँगको सहकार्यले नेपालका प्रतिभाहरूलाई पहिचान गर्न र आगामी पुस्ताका खेलाडीहरूलाई सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हामी हाम्रा उत्पादनलाई मात्र होइन, राष्ट्रिय गौरवलाई बढावा दिने कुरामा पनि समर्थन गर्छौं । त्यसै अनुरूप यो सम्झौता पनि हो ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit