Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

दाहसंस्कार गर्न पाँच घण्टासम्म पालो कुर्दै नागरिक, उपकरण मर्मत गर्न कोषले देखाएन चासो

दाहसंस्कार गर्न पाँच घण्टासम्म पालो कुर्दै नागरिक, उपकरण मर्मत गर्न कोषले देखाएन चासो
विज्ञापन
Advertisement

काठमाडौं । पशुपति आर्यघाट परिसरस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि कति समय कुर्नुपर्ला ? तपाईंलाई लाग्दो हो पालो पर्खन नपर्ला। तर यहाँ दाहसंस्कारका लागि लाइन बस्नुपर्ने बाध्यता अन्त्य भएको छैन् ।

विज्ञापन
Advertisement
Advertisement

शवदाह गृह सञ्चालनको जिम्मा पाएको पशुपति क्षेत्र विकास कोषको कारण पछिल्ला केहीदिनयता एक शवदाह गर्नका लागि मृतकका आफन्तले कम्तीमा तीनदेखि चार घण्टासम्म लाइनमा शव राख्नुपर्ने बाध्यता देखिएको छ । विद्युतीय गृहमा मङ्गलबार साँझ ६ः३० बजेसम्म करिब ११ शवदाह (एक दिनमा) गरिएका कोषले जनाएको छ।

विकास कोषले विग्रिएका विद्युतीय शवदाह उपकरण मर्मतका लागि चासो नदेखाउँदा मृतकको अन्तिम संस्कार गर्न पाँच घण्टासम्म नागरिक लाइन बस्न बाध्य छन्। यसरी मृतकको अन्त्येष्टिका लागि लामो समय पालो कुरेर बस्दा आफूहरुलाई समस्या भएको भन्दै मृतकका आफन्तहरुले विकास कोष प्रति प्रश्न गरेका छन् । ‘विदेशबाट शव ल्याउन तीन हप्ता लाग्यो, यहाँ चार घण्टा लाइन बस्दा के हुन्छ ? घाटको उचित व्यवस्थापन कहिले होला?’, मृतकका एक आफन्तले पालो कुर्दै प्रश्न गरे। केही आफन्तजनले आफूहरूले शवदाहका लागि पाँच घण्टासम्म कुर्नुपरेको गुनासो गरेका छन् ।

कोषका निमित्त सदस्यसचिव शुभाषचन्द्र जोशीले भने, ‘विद्युतीय शवदाह गृहका उपकरणमध्ये एकमात्र सञ्चालनमा रहेकाले दाहसंस्कारका लागि लाइनमा बस्नुपर्ने बाध्यता आएको हो।’ बिग्रिएका विद्युतीय शवदाह उपकरण मर्मतका लागि कोषले प्रयास गरेको छैन? भन्ने प्रश्नमा उनले भने, ‘आशा गरौँ छिट्टै नतिजा आउँला ।’

केहीले आर्यघाटमा शवदाह गर्न निकै लामो लाइन कुर्नुपर्ने भएकाले आफूहरूले विद्युतीय शवदाह गृहमा शव ल्याएको बताएका छन्। पछिल्ला दिनमा विशेष गरेर विविध कारणले विदेशमा मृत्यु भएकाको विद्युतीय शवदाह गृहमा दाहसंस्कारकार हुँदै आएको कोषले जनाएको छ ।

पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत् दाउराबाट जलाउने घाटमा १५ हजार र विद्युतीय शवदाह गृहमा चार हजार रुपैयाँ शुल्क तोकिएको छ। करिब ११ करोडको लागतमा बनेको विद्युतीय शवदाह गृह विसं २०७२ माघ १० गतेदेखि सञ्चालनमा आएको हो। विद्युतीय शवदाह गृहमा एउटा शव जल्न कम्तीमा ४५ मिनेट लाग्ने जनाइएको छ।

यसैबीच, विद्युतीय शवदाह गृह भवन र परिसरमा रहेका शौचालय सेवाग्राहीले प्रयोग गर्ने अवस्थामा छैनन् । नाक, मुख थुनेर शौचालय प्रयोग गर्न बाध्य रहेको सेवाग्राहीको भनाइ छ। रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit