काठमाडौं । स्मार्ट फोन ब्रान्ड ओपोले नयाँ ओपो ए६ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । लामो समय टिक्ने ७०००एमएएच् ब्याट्री, ८०डब्ल्यू सुपर्वुक फास्ट चार्जिङ, र दैनिक प्रयोगलाई ध्यानमा राखेर बनाइएको ए६ प्रोले भरपर्दो र सहज प्रयोग अनुभव चाहने प्रयोगकर्तालाई लक्षित गरेको कम्पनीले जनाएको छ ।
ओपो ए६ प्रो ८जीबी + २५६जीबी गरि दुई भेरियन्टमा उपलब्ध छ । स्टेलर ब्लू, र रोजवुड रेड नामक दुई आकर्षक रंगमा आएको यो फोन आधुनिक शैली र प्रिमियम डिजाइन खोज्ने प्रयोगकर्ताका लागि सहज छनोट हुने कम्पनीको भनाई छ । ओपो ए६ प्रोको मूल्य ४०,९९९ रुपैयाँ तोकिएको छ । यसको मुख्य आकर्षण नै ७०००एमएएच् ब्याट्री हो, जसले भिडियो स्ट्रिमिङ, सामाजिक सञ्जाल, गेमिङ वा व्यस्त दैनिकमा पर्याप्त र स्थिर समय उपलब्ध गराउँछ । साथै, ८०डब्ल्यू सुपर्वुक फास्ट चार्जिङले एक घन्टामै पूरा चार्ज हुने क्षमता दिएको छ, जसले मोबाइल प्रयोगलाई झन् निर्बाध बनाउने कम्पनीले जनाएको छ ।
ए६ प्रोको संरचना दैनिक चुनौती झेल्न सक्ने गरी मजबुत बनाइएको छ । मजबुत बनावट भए पनि, फोनले स्क्रिन डिस्प्ले अनुभवमा कुनै सम्झौता नगरेको उल्लेख छ । यसको १२० हर्ज एमोल्ड डिस्प्ले, १४०० निट्स पिक ब्राइटनेस र पतला बेझेलहरूले भिडियो, गेमिङ वा सामान्य ब्राउजिङ—सबैमा उत्कृष्ट अनुभव प्रदान गर्छ ।
ओपोकै ट्रिनिटी इन्जिन र ल्युमिनस रेन्डरिङ इन्जिन ले फोनको सरलता, मल्टिटास्किङ र एनिमेसनहरूको सहजता अझै बढाएको कम्पनीले जनाएको छ । कनेक्टिभिटीतर्फ, ए६ प्रोमा रहेको एआई लिंकबुस्ट ३.० ले भीडभाड भएका ठाउँमा वा कमजोर सिग्नल भएको अवस्थामा समेत स्थिर नेटवर्क अनुभव प्रदान गर्न मद्दत गर्छ ।
ओपो ए६ प्रो ले लामो समय यटक्ने ब्याट्री, मजबुत संरचना, आधुनिक डिजाइन तथा सहज प्रदर्शनको संयोजनमार्फत नेपाली प्रयोगकर्तालाई भरपर्दो र आत्मविश्वासपूर्ण स्मार्टफोन अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।



कर्पोरेट समाचार 






















प्रतिक्रिया दिनुहोस्