images images images
images images images
images
images
images

उत्तारचढावमा नेप्से, अलमलमा लगानीकर्ता

images

 काठमाडाैं । साताको बुधबार दिन नेप्से परिसूचकमा तिब्रा उत्तार चढाब आएको छ । यो दिन नेप्से परिसूचक ४.९८ अंकले घटेर २ हजार पाँच सय ६१.०८ विन्दुमा आइपुगेको हो । नेप्से सूचकमा उत्तारचढाब आएसँगै लगानीकर्ताहरु पनि अलमलमा देखिएका छन् । शेयर बजारमा स्थिर लिन सकिरहेको छैन। अझ भनौं २६सय विन्दुको माथि कट्न सकेको छैन ।

दुई वर्ष अघि नेप्से परिसूचक २ हजारदेखि २२ सयको विन्दुसम्म उत्तारचढाब भइरहेको थियो, अहिले नेप्सेले २६ सयलाई नै अन्तिम मनोवैज्ञानिक विन्दु बनाइरहेको छ । शेयर लगानीकर्ताहरु अलमल भएर लगानी नगर्नुमा स्थिरता देखिएको छैन ।

images
images

अझै पनि निजी क्षेत्रहरुको मनोबल बढ्न सकेको छैन, बैंकका निक्षेप थुप्रिएको छ तर, कर्जा प्रवाह हुन सकेको छैन ।घरजग्गा जस्तोरियल सेक्टरको कारोबार बढ्न नसक्दा लगानीको वातावरण बढ्न सकेको छैन । अmझै पनि धेरै लगानीकर्ताहरु रकम उक्त क्षेत्रमा फसेको छ।

लाभांशको समय भएपनि शेयर धनिहरुले प्रर्याप्त लाभांश पाउन नसकेको वषौं भएको छ । यस्तो अवस्थामा लगानीकर्ताहरु खुलेर लगानीकर्ताहरु लगानी गर्न तयार देखिएका छैन । देशमा चुनाव हुने भनिए पनि चुनावतको उपयुक्त वातावरण बन्न सकेको छैन ।

यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३३८ कम्पनीको ८३ लाख ३८ हजार कित्ता शेयर किनबेचहुँदा ३ अर्ब ७७ करोड ८६ लाख रुपैयाँको कारोबर भएको छ । सर्वाधिक करोबार हुने कम्पनीमा बरुण हाइड्रो पावर कम्पनी, साहस उर्जा कम्पनी, राधि विद्युत कम्पनी, युनियन हाइड्रोपावर कम्पनीको शेयर मूल्य ११ करोड रुपैयाँदेखि २७ करोड ४० लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

माबिलिङ इनर्जी, दरमखोला हाइड्रो इनर्जी, सागर डिस्टिलरी, हिमस्टार उर्जा कम्पनी, बुनगोल हाइड्रो लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । घटेको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक, एनआईसी एशियाको ऋणपत्र, हिमालयन ८०–२०, पिपुल्स हाइड्रोपावर कम्पनीको तीन प्रतिशतदेखि ६ प्रतिशतसम्मले घटेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्