images
images
images

‘निजी क्षेत्र र राज्यका निकायबीचको सहकार्यले मात्र सेवा प्रवाहको गुणस्तर सुधारिन्छ’

images
images
images

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग विभागलाई कम्प्युटर हस्तान्तरण गरेको छ। महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बुधबार उद्योग विभागमा विभागका महानिर्देशक राजेश्वर ज्ञवालीलाई कम्प्युटरहरू हस्तान्तरण गरेका हुन् ।

भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा विभाग परिसरमा भएको आगजनीका कारण कम्प्युटर तथा अन्य सामग्री जलेर नष्ट भएको थियो । विभागको आग्रमा महासंघले विभागलाई कम्प्युटरहरू उपलब्ध गराएको हो महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महासंघले विभागलाई पाँच थान कम्प्युटर प्रदान गरेको हो ।

images

सो अवसरमा महासंघका अध्यक्ष ढकालले निजी क्षेत्र र राज्यका निकायबीचको सहकार्यले मात्र सेवा प्रवाहको गुणस्तर सुधारिने धारणा राखे । उनले उद्योग विभागले सामना गरेको क्षति न्यूनीकरणमा महासंघको तर्फबाट सानो सहयोग गर्न पाएकोमा हामी खुशी व्यक्त गर्दै सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए । अध्यक्ष ढकालले भने, ‘महासंघले निजी क्षेत्र र सरकारी निकायबीच सहकार्य आवश्यक छ। यो सहकार्यको माध्यमबाट संस्थागत क्षमताबृद्धिमा योगदान पुग्ने हाम्रो विश्वास रहेको छ ।’

उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले आन्दोलनको क्रममा विभागको भौतिक सामग्रीमा ठूलो क्षति पुगेको उल्लेख गरे । यस्तै उनले महासंघले तत्काल सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गरे।

महासंघको सहयोगले विभागको दैनिक सेवा सञ्चालन सहजता ल्याउने उनको ज्ञवालीको भनाइ छ।

images
images

प्रतिक्रिया दिनुहोस्