images
images
images

जेनजी आन्दोलनको क्रममा ८० अर्ब रुपैयाँ बराबरको भौतिक क्षति

images
images
images

काठमाडौं। जेनजी आन्दोलनको क्रममा देशलाई कुल ८० अर्ब रुपैयाँ बराबरको भौतिक नोक्सानी भएको छ । अर्थ मन्त्रालयका अनुसार ४१ अर्ब रुपैयाँ बराबरको क्षति सार्वजनिक क्षेत्रले बेहोर्नुपरेको र ३९ अर्ब रुपैयाँ निजी क्षेत्रले बेहोर्नुपरेको छ।

भदौ २३ र २४ गते आन्दोलनका क्रममा गरिएको तोडफोड, आगजनी, लुटपाटबाट सार्वजनिक पूर्वाधार, सरकारी कार्यालय,संवैधानिक निकायका संरचना, यातायात, ऊर्जा, सञ्चारसहित विभिन्न प्रशासनिक संरचनामा ठूलो नोक्सानी भएको मन्त्रालयले जनाएको छ । यस्तै, निजी क्षेत्रतर्फ पनि उद्योग, व्यापार, सेवामूलक व्यवसाय र उद्योगी/व्यवसायीका निजी सम्पत्तिमा ठूलो नोक्सानी भएको मन्त्रालयको मूल्यांकन छ ।

images

यस्तै, अर्थ मन्त्रालयले पुनःर्निमाणका लागि बनाएको सरकारी कोषमा हालसम्म ८ करोड २६ लाख रुपैयाँ सहयोग संकलन भएको मन्त्रालयले जनाएको छ ।

 

 

images
images

प्रतिक्रिया दिनुहोस्