images images
images images
images

एमएडब्लू वृद्धिद्वारा ‘प्रि–न्यू इयर ब्याश’ घोषणा: डोंगफेङ नामी र सेरेस ईभीमा आकर्षक अफर

images
images

काठमाडौं।एमएडब्लू वृद्धिले ‘प्रि–न्यू इयर ब्याश’ नामक विशेष इयर–इण्ड अभियान सार्वजनिक गरेको छ, जसअन्तर्गत डोंगफेङ नामी र सेरेस इलेक्ट्रिक भेहिकलमा यस सिजनका सबैभन्दा आकर्षक अफरहरू उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। नयाँ वर्षअघि परिवार वा व्यक्तिगत प्रयोगका लागि प्रिमियम ईभी खरिद गर्न इच्छुक ग्राहकका लागि यो लिमिटेड–टाइम अफर सुनौलो अवसर बनेको छ।

अभियानअन्तर्गत डोंगफेङ नामीका लोकप्रिय मोडल नामी भिगो र नामी 01 अब नाडा मूल्यमै उपलब्ध हुनेछन्। साथै, प्रत्येक नामी ग्राहकले नि:शुल्क 7kW होम चार्जर, 3.5kW पोर्टेबल चार्जर, तथा नि:शुल्क अटो प्लस इन्स्योरेन्स प्राप्त गर्नेछन्। यसैगरी, ग्राहकहरू विशेष लक्की ड्र’ मा सहभागी हुन पाउनेछन्, जसअन्तर्गत तीन विजेताले थाइल्यान्ड भ्रमण र एक भाग्यशाली विजेताले iPhone 17 Pro Max प्राप्त गर्ने अवसर पाउने कम्पनीले जनाएको छ।

images

सेरेस ईभीका ग्राहकहरूले थप आकर्षक लाभ पाउनेछन्। अभियानमा सेरेसका मोडलहरूमा ६ लाख रुपैयाँसम्मका फाइदा समावेश छन्, जसमा क्यास डिस्काउन्ट, कम्प्रिहेन्सिभ इन्स्युरेन्स, नि:शुल्क एक्सेसरिज, साथै उच्च मूल्यांकनसहितको एक्सचेञ्ज अफर र एक्सचेञ्ज बोनस पनि रहेका छन्। यी सुविधा उपलब्ध हुँदा सेरेस यस सिजनका सबैभन्दा फाइदाजनक ईभी विकल्पमध्ये एक बनेको कम्पनीको दाबी छ।

एमएडब्लू वृद्धिले उपलब्ध गराएको ‘प्रि–न्यू इयर ब्याश’ अफर काठमाडौँ उपत्यकाभित्र र बाहिर रहेका सबै डोंगफेङ नामी तथा सेरेस शोरूमहरूमा लागू हुने जनाएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्