images images images
images images images
images
images
images

चुनाव नजिकिँदै जाँदा शेयरप्रति मनोबल बढाउँदै लगानीकर्ता

images

 काठमाडाैं । चुनाव आउन अब एक सातामात्र बाँकी रहँदा शेयर लगानीकर्ताहरु आत्मविश्वासी देखिन थालेका छन् । अघिल्लो साता उल्लेख्य रुपमा घटेको बजार यो साता आइपुग्दा लयतर्फ फर्किन थालेको देख्न सकिन्छ ।

यो दिन नेप्सेपरिसूचक १०.३० प्रतिशतले बढेर दुई हजार ६४८.९० विन्दुमा आइपुगेको थियो । त्यस्तै कारोबार रकम ४ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा आँखुखोला जलविद्युत कम्पनी, न्यादी ग्रुप पावर,एसवाई प्यानेल नेपाल,रिडीपावर कम्पनी, बन्दीपुर केबलकार एण्ड टुरिजमको १० करोड ४२ लाख रुपैयाँदेखि २८ करोड ६९ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

images
images

बढेको बजारमा साल्पा विकास बैंक,रिलायन्स स्पेनिङ मिल्स,वेन नेपाल लघुवित्त वित्तीय संस्था, सुपरमाई हाइड्रो पावर कम्पनीको शेयर मूल्य ४.१५ प्रतिशतदेखि १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बढेको बजारमा पनि हिमालयन पावर पार्टनर, कुमारी सबल योजना,एनएमबी म्यूचुअल फण्ड,आँखुखोला जलविद्युत कम्पनीको शेयर मूल्य ३.५६ प्रतिशतदेखि ५.९८ प्रतिशतसम्मले घटेको छ ।

यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये फाइनान्स समूह, म्यूचुअल फण्ड, र टे«डिङ समूहको सूचक सामान्य घट्दा अन्यउ ९ वटा समूहको सूचक बढेका छन् ।

चुनावको समयमा बजार चलायमान हुनेहुँदा यो समयमा विगतमा पनि शेयर बजारमा केही उल्लेख्य अंक बढेको उदाहरण छन् । अर्कोतर्फ मंगलबार राष्ट्र बैंकको मौद्रिक नीतिको प्रभावले पनि शेयर बजारलाई पोजेटिभ बनाएको छ । चालु पुँजी कर्जामा लचकता अपनाउदै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह र वित्तीय विवरणको विश्लेषणका आधारमा कार्यशील पुँजी कर्जाको अवधि निर्धारण गर्न सक्ने व्यवस्था गरेको हो।

जसअनुसार अब चालु पुँजी कर्जा लिएका ऋणीले वर्षको कम्तिमा ७ दिन बक्यौता तिर्दा १० प्रतिशतभन्दा कम गर्नु पर्ने व्यवस्था रहेकामा अब ३० प्रतिशत भन्दा कम गर्नुपर्नेछ। हेर्दा सामान्य लागेपनि यस्तो खालको व्यवस्थाले लगानीकर्तालाई उत्साहित बनाएको बजारबाट देख्न सकिन्छ ।

images
images

प्रतिक्रिया दिनुहोस्