images images
images images
images
images

चितवनमा ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ हुने

images
images

चितवन । कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ चितवनको भरतपुरमा यही माघ २ देखि ४ गतेसम्म ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ हुने भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिले विगतका वर्षहरु झैं यस वर्षपनि कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ हुन लागेको हो ।

images

प्रर्दशनीमा नेपाल, भारत, चीन लगायतका बिभिन्न देशका कृषि सम्बन्धी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहने छन । यस प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई-भैंसी डेरी व्यवसाय, कृषि औजार तथा उपकरण, पशु चिकित्सा सेवा, खाद्य प्रविधि, कीटनाशक, मल, बीउबिजन, कृषि तालिम, र वित्तीय सुविधाहरुका बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।

प्रर्दशनीमा देश तथा विदेशबाट उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा विश्वास लिइएको छ । स्टल बुकिङ्ग तिब्र गतिमा भइरहेको आयोजकले जनाएको छ ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत  पुर्याउने साना औजार, देखि लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग  पुर्याउने अनुमान गरिएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्