images
images
images
images

कजारियाको बनेपामा नयाँ विशेष शोरूम उद्घाटन, मध्य नेपालमा आफ्नो उपस्थिति थप विस्तार

images
images
images

बनेपा। प्रिमियम तथा नवप्रवर्तनशील टायल उत्पादनमा अग्रणी कजारियाले मध्य नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ गर्दै बनेपामा नयाँ विशेष शोरूमको भव्य उद्घाटन गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै कजारियाले शोरुमको उद्घाटन गरेको हो । उद्घाटनमा उद्योग क्षेत्रका सरोकारवाला प्रतिनिधि र स्थानीय ग्राहकहरूले सहभागिता जनाएका थिए ।

मानुश्री हार्डवेयर एण्ड स्यानिटरीद्वारा सञ्चालित यस शोरूमले बनेपा तथा आसपासका क्षेत्रमा गुणस्तरीय टायलको बढ्दो मागलाई सम्बोधन गर्दै ग्राहकहरूलाई आधुनिक र परिष्कृत खरिद अनुभव प्रदान गरेको छ ।

images

उक्त कार्यक्रमले कजारियाको निरन्तर विस्तार यात्रा र नेपाली बजारप्रति कम्पनीको दृढ प्रतिबद्धताको अर्को महत्वपूर्ण उपलब्धिलाई चिन्हित  गर्याे । शोरूमको औपचारिक उद्घाटन कजारियाका बिक्री प्रतिनिधिहरूले रिबन काटेर गरेका थिए ।

रणनीतिक रूपमा बनेपामा अवस्थित यस नयाँ शोरूममा कजारियाका प्रिमियम टायल सङग्रहहरूको विस्तृत र सुसज्जित प्रदर्शन गरिएको थियो । यहाँ ग्राहकहरूले आवासीय, व्यवसायिक तथा वास्तुकलासम्बन्धी प्रयोजनका लागि उपयुक्त विभिन्न डिजाइनहरू आधुनिक र ग्राहक–मैत्री वातावरणमा अवलोकन र छनोट गर्न पाएका थिए ।

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल उद्योगमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ । अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३,००० भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ, जसले आन्तरिक सजावटलाई मजबुती, सौन्दर्य र उत्कृष्ट प्रदर्शनसँग जोडेको छ ।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीको उत्पादन पोर्टफोलियोमा ग्लेज्ड भिट्रिफाइड टायल (६०×१२० से.मी., ६०×६० से.मी., १९.५×१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०×४० से.मी.) तथा सेरामिक वाल टायल (३०×६० से.मी., ३०×४५ से.मी.) समावेश छन् । यी उत्पादनहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दिगो तथा आधुनिक डिजाइनका लागि परिचित रहेका थिए ।

बनेपामा नयाँ शोरूमको उद्घाटन कजारियाको देशभर विश्वस्तरीय टायल समाधान सहज रूपमा उपलब्ध गराउने लक्ष्यतर्फको अर्को महत्वपूर्ण कदम रहेको विश्वास गरिएको छ, जसले नेपालको निर्माण तथा आन्तरिक सजावट उद्योगमा कजारियाको अग्रणी भूमिकालाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्