Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

रेकर्ड मूल्यबाट सुनको मोल करिब ५३ हजार रुपैयाँले सस्तियो, तोलाको कति पुग्यो ?

रेकर्ड मूल्यबाट  सुनको मोल करिब ५३ हजार रुपैयाँले सस्तियो, तोलाको कति पुग्यो ?
विज्ञापन
Advertisement

काठमाडौं। स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आइतबारको तुलनामा आज सुन प्रतितोला १३ हजार ४०० रुपैयाँले सस्तिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको कारोबार मूल्य दुई लाख ८६ हजार ६०० रुपैयाँ तय भएको छ । अघिल्लो दिन त्यति नै परिमाणको सुन प्रतितोला तीन लाख रुपैयाँमा खरिदबिक्री भएको थियो ।

गत बिहीबार अर्थात् माघ १५ गते एक तोला सुनको भाउ तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेर उच्च मूल्यको रेकर्ड कायम भएको थियो । त्यसको भोलिपल्टै शुक्रबार तीन लाख १८ हजार ८०० रुपैयाँमा झरेको सुन यो साताको पहिलो कारोबार दिन आइतबार तीन लाख रुपैयाँमा किनबेच भएको थियो । त्यसअघि गत बुधबार एक तोला सुनको मूल्य तीन लाख १८ हजार ८०० , मङ्गलबार तीन लाख नौ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो । माघ १५ गते उच्च विन्दुमा पुगेको सुनको भाउ पछिल्लो तीन कारोबार दिनमै ५२ हजार ७०० रुपैयाँले मूल्य घटेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार पाँच हजार ५०० रुपैयाँ मूल्य कायम भएको चाँदी सोमबार पाँच हजार २०० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । हिजोको तुलनामा आज चाँदी प्रतितोला ३०० रुपैयाँले सस्तिएको हो । माघ १५ गते चाँदी हालसम्मकै उच्च विन्दुमा पुगेर प्रतितोला ७ हजार ५०५ रुपैयाँ कायम भएको थियो । त्यसयता रेकर्ड मूल्यबाट चाँदीको भाउ पनि तल झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिऔंस ४ हजार ८९३.२ डलरमा कारोबार भएको सुन सोमबार ४ हजार ६७९.२५ डलरमा झरेको छ । यस्तै चाँदी पनि ८५.३४ औंसबाट ६९.०६ डलरमा कारोबार भैरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit