images images
images images
images
images
images

नेपालीरिका होटेल लिमिटेडले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

images

काठमाडौं । पूर्वी नेपालको आतिथ्य सत्कार उद्योगमा सक्रिय नेपालीरिका होटेल लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर ९आईपीओ० निष्काशन गर्ने भएको छ। कम्पनीले प्रति शेयर रु।१०० अंकित दरका ५० लाख कित्ता शेयर निष्काशन गरी कुल रु।५० करोड बराबरको पूँजी संकलन गर्ने तयारी गरेको हो।

उक्त आईपीओ निष्काशनका लागि नेपालीरिका होटेल लिमिटेडले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। यस सम्बन्धमा नेपालीरिका होटेल लिमिटेडका अध्यक्ष भोलेश्वर दुलाल र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठबीच नयाँ बानेश्वरस्थित लक्ष्मी सन्राइज क्यापिटलको कार्यालयमा मिति २०८२ माघ २९ गते द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौताअनुसार कम्पनीले निकट भविष्यमा आईपीओ निष्काशन प्रक्रिया अघि बढाउनेछ।

images

कम्पनीका अनुसार यो कदमले संस्थागत विकास, पारदर्शिता अभिवृद्धि तथा नेपालको आतिथ्य उद्योग र पर्यटन क्षेत्रको विस्तारमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ। विशेष गरी मोरङ प्रदेशमा लगानी अवसर विस्तार गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ।

विराटचोक, मोरङमा अवस्थित नेपालीरिका होटलमा १४६ वटा आकर्षक रूपमा सजाइएका कोठा तथा सुइटहरू छन्। होटलमा ठूला बहुउद्देश्यीय हलहरू रहेका छन्, जहाँ विवाह, सम्मेलन तथा विभिन्न कर्पोरेट कार्यक्रमहरू आयोजना गर्न सकिने व्यवस्था छ।

यस्तै, दमकस्थित नेपालीरिका होटलमा ३९ वटा कोठा तथा सुइटहरू, रेस्टुरेन्ट र बारसहित परम्परागत नेपाली वास्तुकलामा निर्माण गरिएको हेरिटेज ब्लक रहेको छ। होटलले ५० देखि १५०० जना क्षमतासम्मका भोज तथा सम्मेलन आयोजना गर्ने सुविधा, साथै स्विमिङ पुल लगायतका सेवा प्रदान गर्दै आएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्