images images
images images
images
images
images

निर्वाचनका कारण भएनन् होलीका औपचारिक कार्यक्रम

images

गण्डकी ।आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गर्दै प्रशासनबाट गरिएको आग्रहसँगै आज पोखरामा औपचारिक रुपमा नभई घरघरभित्रै होली मनाइएको छ ।

विगतका वर्षमा पोखराको पर्यटकीयस्थल लेकसाइडलगायत मुख्य सहरी क्षेत्रका साथै विभिन्न सङ्घसंस्थाको आयोजनामा सामूहिक रुपमा होली मनाउने गरिएको थियो ।

images

यसअघि जिल्ला प्रशासन कार्यालय कास्कीले फागुन १५ गते औपचारिक सूचना जारी गर्दै निर्वाचनलाई लक्षित गरी यस वर्ष होली पर्वलाई सार्वजनिक खुला रुपमा औपचारिक कार्यक्रम नगरी आआफ्नै घर परिसर भित्रै मनाउन आग्रह गरेको थियो ।प्रशासनको सूचनालाई पालना गरिएका कारण जिल्लामा आज होलीका कुनै पनि औपचारिक कार्यक्रम भएका छैनन् ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित, शान्तिपूर्ण एवम् भयरहित वातावरणमा सम्पन्न गर्न कास्की प्रशासनले आजदेखि अर्को निर्णय नभएसम्मका लागि बेलुका राति ९ः०० बजेसम्म मात्रै रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउने गरी सूचना जारी गरेको छ ।

आजै राति १२ः०० बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुने भएकाले दल तथा उम्मेदवारहरूले आज आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन् । तीनवटा निर्वाचन क्षेत्र भएको जिल्लामा ४९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हु रहेका छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्