Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

खाडीमा युद्धको त्रासदी :  युएईमा भएको इरानी ड्रोन आक्रमणमा नेपाली मारिएको पुष्टि

खाडीमा युद्धको त्रासदी :  युएईमा भएको इरानी ड्रोन आक्रमणमा नेपाली मारिएको पुष्टि
विज्ञापन
Advertisement

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले प्रहार गरेको ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा एक नेपाली मारिएको पुष्टि भएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाली राजदूतावास अबुधाबीका अनुसार ज्यान गुमाउने नेपाली गोरखाका दिवस श्रेष्ठ रहेका छन् । २९ वर्षीय श्रेष्ठ मिडलइस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए। श्रेष्ठको निधनप्रति नेपाली राजदूतावास अबुधाबीले गहिरो दुःख व्यक्त गर्दै परिस्थिति सहज भएपछि श्रेष्ठको शव यथाशीघ्र नेपाल पठाउने जनाएको छ।

युएईमा इरानको मिसाइल आक्रमणमा परी एक बंगलादेशी र पाकिस्तानीसहित तीन जनाको मृत्यु भएको थियो। युएईको रक्षा मन्त्रालयका अनुसार युद्ध सुरु भएपछि शनिबार यता इरानले युएईमा १६५ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ ।

संवेदनशील परिस्थितमा युएईमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन दूतावासले आग्रह गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit