images images
images images
images
images
images

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार निर्वाचित

images

काठमाडौं । विशेष परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने -प्रत्यक्ष_ प्रणालीतर्फ अधिकांश नयाँ अनुहार संसद्मा पुगेका छन्।

सोमबार सम्पन्न मतगणनाको परिणामअनुसार सरकार गठन गर्ने हैसियतमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट १२५ सदस्य निर्वाचित भएका छन्। अघिल्लो संसद्मा उक्त दलका २१ सदस्य रहेकामा तीमध्ये १२ जना मात्र दोहोरिएका छन् भने यसपटक निर्वाचितमध्ये ११३ जना नयाँ अनुहार छन्।

images

प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले १२५, नेपाली कांग्रेसले १८, नेपाल कम्युनिष्ट पार्टी -एमाले_ले ९, नेपाल कम्युनिष्ट पार्टी -माओवादी केन्द्र_ले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थानमा जित हासिल गरेका छन्। एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

अधिकांश नयाँ अनुहार जितेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा–१ मा निशा डाँगी, झापा–२ मा इन्दिरा राना मगर, झापा–३ मा प्रकाश पाठक, झापा–४ मा शम्भुप्रसाद ढकाल र झापा–५ मा बालेन्द्र शाह निर्वाचित भएका छन्।

त्यसैगरी मोरङ–१ मा यज्ञमणि न्यौपाने, मोरङ–२ मा कृष्णकुमार कार्की, मोरङ–३ मा गणेश कार्की, मोरङ–४ मा सन्तोष राजवंशी, मोरङ–५ मा आशा झा र मोरङ–६ मा रुबिना आचार्य निर्वाचित भएका छन्।

यसैगरी सुनसरी–२ मा लालविक्रम थापा, सुनसरी–३ मा अशोककुमार चौधरी, सुनसरी–४ मा दीपककुमार साह, ओखलढुङ्गा–१ मा विश्वराज पोखरेल, उदयपुर–१ मा पारशमणि गेलाल र उदयपुर–२ मा सूर्यबहादुर तामाङ निर्वाचित भएका छन्।

सप्तरी–१ मा पुष्पाकुमारी चौधरी, सप्तरी–२ मा रामजी यादव, सप्तरी–३ मा अमरकान्त चौधरी, सप्तरी–४ मा सीताराम साह, सिराहा–१ मा बब्लु गुप्ता, सिराहा–२ मा शिवशङ्कर यादव, सिराहा–३ मा शम्भुकुमार यादव र सिराहा–४ मा तपेश्वर यादव निर्वाचित भएका छन्।

धनुषा–२ मा रामविनोद यादव, धनुषा–३ मा मनिष झा, धनुषा–४ मा राजकिशोर महतो, महोत्तरी–१ मा प्रमोदकुमार महतो, महोत्तरी–२ मा दीपकुमार साह, महोत्तरी–३ मा उज्ज्वलकुमार झा र महोत्तरी–४ मा गौरीकुमारी निर्वाचित भएका छन्।

त्यसैगरी सर्लाही–१ मा नितिमा भण्डारी (कार्की), सर्लाही–२ मा रविन महतो, सर्लाही–३ मा नरेन्द्र साह कलवार र सर्लाही–४ मा अमरेशकुमार सिंह विजयी भएका छन्। रौतहट–१ मा राजेशकुमार चौधरी, रौतहट–३ मा रवीन्द्र पटेल र रौतहट–४ मा गणेश पौडेल निर्वाचित भएका छन्।

बारामा गणेश धिमाल -क्षेत्र नं १_, चन्दनकुमार सिंह -क्षेत्र नं २_, अरबिन्द साह -क्षेत्र नं ३_ र रहबर अन्सारी -क्षेत्र नं ४_ विजयी भएका छन्। पर्सा–१ मा बुद्धिप्रसाद पन्त, पर्सा–२ मा सुशीलकुमार कानु, पर्सा–३ मा रामाकान्तप्रसाद चौरसिया र पर्सा–४ मा टेकबहादुर शाक्य निर्वाचित भएका छन्।

दोलखा–१ मा जगदीश खरेल, रामेछाप–१ मा कृष्णहरि बुढाथोकी, सिन्धुली–१ मा धनेन्द्र कार्की र सिन्धुली–२ मा आशिष गजुरेल निर्वाचित भएका छन्। धादिङ–१ मा आशिका तामाङ, धादिङ–२ मा बोधनारायण श्रेष्ठ, नुवाकोट–१ मा विक्रम तिमिल्सिना र नुवाकोट–२ मा अचुत्तम लामिछाने विजयी भएका छन्।

काठमाडौं–१ मा रन्जु न्यौपाने, काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं–९ मा डोलप्रसाद अर्याल र काठमाडौं–१० मा प्रदीप विष्ट निर्वाचित भएका छन्।

भक्तपुर–१ मा रुकेश रञ्जित र भक्तपुर–२ मा राजीव खत्री, ललितपुर–१ मा बुद्धरत्न महर्जन, ललितपुर–२ मा जगदीश खरेल र ललितपुर–३ मा तोसिमा कार्की विजयी भएका छन्।

चितवन–१ मा हरि ढकाल, चितवन–२ मा रवि लामिछाने र चितवन–३ मा सोविता गौतम निर्वाचित भएका छन्।

यस्तै गोरखा–१ मा सुधन गुरुङ, गोरखा–२ मा कविन्द्र बुर्लाकोटी, कास्की–१ मा खडकराज पौडेल, कास्की–२ मा उत्तमप्रसाद पौडेल, कास्की–३ मा बिना गुरुङ, तनहुँ–१ मा स्वर्णिम वाग्ले र तनहुँ–२ मा श्रीराम न्यौपाने विजयी भएका छन्। अन्य क्षेत्रमा पनि सोही दलका उम्मेदवारले जित हासिल गरेका छन्।

नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित १८ जनामध्ये चार जनाबाहेक सबै नयाँ अनुहार छन्। त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी -एमाले_बाट विजयी ९ जनामध्ये तीन जना नयाँ अनुहार छन् भने नेपाल कम्युनिष्ट पार्टी -माओवादी केन्द्र_बाट निर्वाचित आठमध्ये तीन जना नयाँ सदस्य संसद्मा पुगेका छन्।

नयाँ उदाएको श्रम संस्कृति पार्टीबाट भोजपुर–१ मा ध्रुवराज राई, सुनसरी–१ मा हर्कराज राई र खोटाङ–१ मा आरेन राई निर्वाचित भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जुम्ला–१ मा ज्ञानबहादुर शाही विजयी भएका छन्।

म्याग्दी–१ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन नयाँ अनुहारका रूपमा निर्वाचित भएका छन्।

यसैबीच, फागुन २१ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार सोमबार अपराह्न २ बजेसम्म करिब एक करोड पाँच लाख मतगणना भइसकेको छ र मतगणना साँझसम्म सकिने अनुमान गरिएको छ।

हालसम्म छवटा राजनीतिक दलले समानुपातिकतर्फ कुल गणना मतको तीन प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन्। समानुपातिकतर्फ ११० सिटका लागि ५७ राजनीतिक दल प्रतिस्पर्धामा रहेका छन्।

images
images

प्रतिक्रिया दिनुहोस्