Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी 3DX सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी 3DX सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना
विज्ञापन
Advertisement

काठमाडौं। एमएडब्ल्यू अर्थमुभर्सले जेसीबीका ब्याकहो लोडर JCB 3DX Super Backhoe Loaderका लागि उद्योगमै पहिलो पटक ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

ग्राहकको विश्वास सुदृढ बनाउनुका साथै उपकरणमा गरिएको लगानीको दीर्घकालीन मूल्य सुनिश्चित गर्ने उद्देश्यका साथ योजना ल्याइएको कम्पनीले जनाएको छ।

यस योजनाअन्तर्गत नयाँ JCB 3DX Super Backhoe Loader खरिद गर्ने ग्राहकले अधिकृत एमएडब्ल्यू जेसीबी डिलरमार्फत मेसिन खरिद गरेको चार वर्ष वा ८ हजार अपरेटिङ घण्टा पूरा भएपछि ग्यारेन्टी गरिएको बाइ ब्याक मूल्य प्राप्त गर्न सक्नेछन्। तोकिएका सञ्चालन तथा नियमित मर्मतसम्भारका शर्तहरू पूरा भएको अवस्थामा प्रयोग गरिसकेपछि पनि मेसिनको मूल खरिद मूल्यको ५० प्रतिशतसम्म बाइ ब्याक लाभ प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। कम्पनीका अनुसार यसले ग्राहकलाई वित्तीय सुरक्षासहित भविष्यमा पुनःबिक्री मूल्यबारे स्पष्टता प्रदान गर्नेछ।

कम्पनीका अनुसार उक्त पहलले JCB 3DX Super Backhoe Loaderको टिकाउपन, विश्वसनीयता तथा बजारमा यसको निरन्तर मागप्रति कम्पनीको विश्वासलाई प्रतिबिम्बित गर्छ। नेपालका निर्माण क्षेत्रमा यो मेसिन सबैभन्दा धेरै प्रयोग हुने ब्याकहो लोडरहरूमध्ये एक मानिन्छ।

एमएडब्ल्यू अर्थमुभर्सका अनुसार निर्माण क्षेत्रमा गरिने हरेक लगानीबाट भरपर्दो उपकरण र दीर्घकालीन मूल्य अपेक्षा गरिन्छ। ‘बाइ ब्याक ग्यारेन्टी’ योजनामार्फत ग्राहकलाई खरिद निर्णयप्रति अझ विश्वस्त बनाउने तथा जेसीबी मेसिनले दिने प्रदर्शन र पुनःबिक्री मूल्यप्रतिको भरोसा थप मजबुत बनाउने लक्ष्य राखिएको छ।

उच्च इन्धन दक्षता, शक्तिशाली प्रदर्शन, उच्च उत्पादकत्व तथा न्यून मर्मत खर्चका कारण JCB 3DX Super Backhoe Loader नेपालभर सडक निर्माण, जलविद्युत् आयोजना, शहरी पूर्वाधार विकास तथा ग्रामीण विकासका विभिन्न परियोजनामा व्यापक रूपमा प्रयोग हुँदै आएको छ।

एमएडब्ल्यू अर्थमुभर्सले देशभर ३२ भन्दा बढी सेवा सञ्जाल तथा ४०० भन्दा बढी बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्ने दक्ष जनशक्तिमार्फत ग्राहकलाई जेनुइन स्पेयर पार्ट्स र छिटो तथा भरपर्दो सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीका अनुसार यही कारणले जेसीबी मेसिन नेपालभरका ठेकेदार तथा पूर्वाधार निर्माण कम्पनीहरूको पहिलो रोजाइ बनेका छन्।

उपकरणको दीर्घकालीन मूल्य वृद्धि गर्ने, स्वामित्वसँग सम्बन्धित जोखिम घटाउने तथा नयाँ उद्यमीलाई भरपर्दो निर्माण उपकरणमा लगानी गर्न प्रोत्साहन गर्ने उद्देश्यसहित यो योजना देशभरिका अधिकृत एमएडब्ल्यू जेसीबी डिलरमार्फत उपलब्ध गराइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit