images images
images images
images
images
images

आजदेखि क्रमिक रूपमा तुवाँलो हट्ने

images

 

काठमाडौं। केही दिनदेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो आजदेखि क्रमिक रूपमा हट्दै जाने मौसमविद्ले बताएका छन् । मौसमविद् सञ्जीव अधिकारीले आजभन्दा भोलिदेखि मौसममा थप सुधार हुने सम्भावना रहेको बताए। उनका अनुसार पछिल्ला दिनमा उच्च चापीय प्रणालीको प्रभावले तुवाँलो देखिएको हो । तर, यो प्रणाली क्रमशः कमजोर हुँदै जाँदा तुवाँलो पनि हट्दै जाने अनुमान गरिएको छ ।

images

हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुसार आज केही स्थानमा हल्का वर्षा भएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्