Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गुल्मी–१ को ऐतिहासिक ‘यु–टर्न’: दुई बौद्धिक हस्तीलाई हराउँदै संसद छिरे इन्जिनियर सागर ढकाल

गुल्मी–१ को ऐतिहासिक ‘यु–टर्न’: दुई बौद्धिक हस्तीलाई हराउँदै संसद छिरे इन्जिनियर सागर ढकाल
विज्ञापन
Advertisement

गुल्मी । दशकौँदेखि दुई नेताको पकडमा रहेको गुल्मी क्षेत्र नम्बर १ मा यसपटक भने नयाँ राजनीतिक पृष्ठभूमिबाट सागर ढकालको उदय भएको छ । राष्ट्रिय राजनीतिमा स्थापित दुई ‘हेभीवेट’ नेता- नेकपा एमालेका प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सागर ढकाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

अन्तिम मत परिणाम अनुसार ढकालले प्रतिस्पर्धी ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछि पार्दै विजयी भए। ढकालले ३० हजार ४४८ मत ल्याएका छन्। त्यस्तै उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप ज्ञवालीले १५ हजार ३२८ मत र नेपाली कांग्रेसका चन्द्र भण्डारीले १३ हजार ७३१ मत प्राप्त गरेका छन्। यो क्षेत्र नेपाली राजनीतिको एउटा यस्तो निर्वाचन क्षेत्र, हो जहाँको चुनावी परिणामले सधैं राष्ट्रिय चर्चा पाउँदै आएको छ । यो क्षेत्रको प्रतिस्पर्धा केवल दुई उम्मेदवारबीचको भिडन्त मात्र होइन, दुई बौद्धिक हस्तीहरूबीच हुने हारजित दशकौँ लामो राजनीतिक ‘आलोपालो’जस्तै रोचक शृङ्खला समेत बनेको थियो ।

दुई बौद्धिक सारथिप्रति मतदाताको वितृष्णा

समाजशास्त्रमा विद्यावारिधि गरेका भण्डारी कांग्रेसभित्र स्पष्ट वक्ता र बौद्धिक नेताका रूपमा चिनिन्छन्। नेविसंघको राजनीतिबाट उदाएका उनको छबी विकासप्रेमी र राष्ट्रिय मुद्दामा अडिग रहने नेता रुपमा रहेको छ । यस्तै, एमालेका पूर्व उपमहासचिव रहेका ज्ञवाली वैचारिक र तार्किक नेताका रूपमा स्थापित छन्। पूर्व परराष्ट्रमन्त्री समेत रहेका उनको परिचय एक कुटनीतिज्ञ र साहित्यकारका रूपमा रहँदै आएको छ । संसदीय राजनीतिमा उनी केपी शर्मा ओलीका प्रमुख रणनीतिकार देखि विस्वास पात्रका रुपमा देखिएका छन् । तर, यीनै अनुभवि र बौद्धिक दुई नेतालाई आलोपालो संसद पठाउँदै आएका गुल्मीका मतदाताले यसपटको निर्वाचनमा भने दुवैलाई नकार्दै परिवर्तनलाई आत्मसाथ गरेका छन् ।

दुई फरक दर्शनबीच हार–जितको चक्र

२०६४ सालयताका हरेक निर्वाचनमा यी दुई नेता आमने–सामने हुँदै आएका छन्। रोचक कुरा त के छ भने, एक पटक एउटाले जित्दा अर्को पटक अर्कोले बाजी मार्ने ‘आलोपालो’ को संयोग यो क्षेत्रमा देखिँदै आएको थियो । २०६४ (पहिलो संविधान सभा) मा एमालेका प्रदीप ज्ञवाली विजयी भए। २०७० (दोस्रो संविधान सभा) नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भए । २०७४ (आम निर्वाचन) मा वाम गठबन्धनको लहरमा ज्ञवालीले पुनः बाजी मार्दा २०७९ (आम निर्वाचन) सत्ता गठबन्धनको साथ पाएका भण्डारीले ज्ञवालीलाई फराकिलो मतान्तरले पराजित गर्दै संसद्को यात्रा तय गरेका थिए।

दशकौँ लामो सिन्डिकेट अन्त्य

२०६४ सालदेखि गुल्मी–१ मा आलोपालो जित्दै आएका ज्ञवाली र भण्डारीको यात्रालाई रोक्दै ३५ वर्षीय इन्जिनियर ढकाल उदायका छन् । राजनीतिमा पुस्तान्तरण, भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउँदै आएका ढकाल अघिल्लो निर्वाचन (२०७९) मा डडेल्धुराबाट शेरबहादुर देउवा विरुद्ध लडेर चर्चामा आएका थिए । ढकाल यसपटक भने आफ्नै गृहजिल्ला गुल्मीबाट घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका थिए। ढकाल दुई प्रमुख दलका हेभीवेट उम्मेदवारलाई पराजित गर्दै दशकौँ लामो सिन्डिकेट अन्त्य गर्न सफल भएका छन् ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit