images images images
images images images
images
images
images

तोलामा चार हजार ८ सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

images

काठमाडौं। नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन (शुक्रबार) सुन प्रतितोला ३ लाख १४ हजार २ सय र बिहीबार त्यति नै परिमाणको सुन ३ लाख १७ हजार रूपैयाँमा किनबेच भएको थियो। शुक्रबारको तुलनामा आज सुन प्रतितोला ४८ सय रुपैयाँले सस्तिएको छ ।

images

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । नेपाल सुनचाँदी महासंघको अनुसार शुक्रबार प्रतितोला ५ हजार ४ सय ९५ रूपैयाँ निर्धारण भएको चाँदीको भाउ आज ५ हजार २७० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज चाँदी तोलामा २२५ रूपैयाँले सस्तिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार २१ अमेरिकी डलर र त्यति नै परिमाणको सेतो धातु ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

 

images
images

प्रतिक्रिया दिनुहोस्