images images images
images images images
images
images
images

कस्तुरी फर्मास्युटिकल्सले १६ लाख कित्ता आईपीओ निष्कासन गर्दै

images

काठमाडौं । औषधि उत्पादन क्षेत्रमा स्थापित कस्तुरी फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आफ्नो शेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रूपमा रिलायवल क्यापिटल इनभेष्टमेन्ट एण्ड मर्चेन्टलाई नियुक्त गरेको छ।

यस सम्बन्धमा कस्तुरी फर्मास्युटिकल्स र रिलायवल क्यापिटलबीच औपचारिक सम्झौतापत्रमा हालै हस्ताक्षर सम्पन्न भएको छ। हाल ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीले पूँजी वृद्धिको योजना अनुरूप शेयर जारी गर्न लागेको हो। कम्पनीको निष्कासन योजनामा संस्थापक सेयरधनीहरूका लागि १४ करोड रुपैयाँ बराबरको शयर जारी गरिने जनाएको छ । साथै, १६ करोड रुपैयाँ बराबरको कुल १६ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ।

images

आईपीओ निष्कासन पश्चात् कम्पनीको कुल चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ। कम्पनीले आईपीओ निष्कासनको स्वीकृतिका लागि यही चैत १५ गतेभित्र नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिने तयारी गरेको उल्लेख छ। कम्पनीले आईपीओका लागि इन्फोमेरिक्स नेपालबाट क्रेडिट रेटिङ गराइसकेको छ। रेटिंगमा कम्पनीले ‘बीबी माइनस’ प्राप्त गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय अवस्था सुदृढ रहेको र लगानीमा मध्यमस्तरको जोखिम रहेको संकेत गर्दछ।

चितवनको भरतपुरमा पहिलो औषधि उद्योगको रूपमा स्थापना भएको कस्तुरी फर्मास्युटिकल्स विगत १३ वर्षदेखि सञ्चालनमा छ। कम्पनीले १८२ भन्दा बढी औषधिहरूको उत्पादन अनुमति प्राप्त गरी हाल १२५ भन्दा बढी प्रकारका औषधिहरू बजारमा बिक्री–वितरण गरिरहेको छ।

 

images
images

प्रतिक्रिया दिनुहोस्