काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढ्दा चाँदीको मूल्य सामान्य घटेको छ। आइतबार प्रतितोला ४८ सय रूपैयाँले घटेको सुनको मूल्य आज एक सय रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार ५०० रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार एक तोला सुन तीन लाख नौ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो।
अघिल्लो कारोबार दिन (शुक्रबार) सुन प्रतितोला ३ लाख १४ हजार २ सय र बिहीबार त्यति नै परिमाणको सुन ३ लाख १७ हजार रूपैयाँमा किनबेच भएको थियो।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ। आइतबार पाँच हजार दुई सय ७० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला पाँच हजार दुई सय ६५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्