images images images
images images images
images
images
images

महिन्द्राले ल्यायो नेपालमै पहिलो पटक २ टन भार क्षमता भएको बोलेरो म्याक्स पिक-अप

images

काठमाडौं । पिक-अप सेगमेन्टमा विश्वव्यापी रूपमा स्थापित महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पिक-अप पोर्टफोलियोलाई थप मजबुत बनाउँदै नेपालमा ‘महिन्द्रा बोलेरो म्याक्स पिक-अप’ सार्वजनिक गरेको छ ।

महिन्द्राको पिक-अप तथा कमर्सियल युटिलिटि गाडीहरूको नेपालमा आधिकारिक वितरक, ग्रुपअन्तर्गत अग्नि इन्करपोरेटेड प्राइभेट लिमिटेडद्वारा नेपालकै पहिलो र एकमात्र २-टन भार क्षमता भएको पिक-अप महिन्द्रा बोलेरो म्याक्स पिक-अप’ सार्वजनिक गरिएको हो ।

images

बिहिबार काठमाडौंको गैरीधारास्थित महिन्द्राको सोरुममा विशेष आधिकारिक सार्वजनिकिकरण समारोह मार्फत नयाँ पिक- अप सार्वजनिक गरिएको हो । समारोहमा महिन्द्रा एन्ड महिन्द्रा तथा अग्नि ग्रुपका विशेष प्रतिनिधिहरू, सञ्चार प्रतिनिधिहरू तथा ग्राहकवर्गहरूको उपस्थिति रह्यो ।
काठमाडौँसँगै विरगञ्ज, बुटवल, र जनकपुरमा पनि बिहिबार नै सार्वजनिक गरिएको हो । साथै, भैरहवा, चितवन, हेटौँडा, विराटनगर, दमक, गाईघाट, पोखरा, धनगढी, दाङ, नेपालगञ्ज, सुर्खेत, बिर्तामोड आदि नेपालका मुख्य व्यापारिक सहरहरूमा पनि लगत्तै गाडी सार्वजनिक गरिने योजना रहेको छ ।

भार क्षमता (पेलोड), इन्धन इफिसियन्स, सुरक्षा र समग्र ड्राइभिङ अनुभवमा नयाँ मापदण्ड गर्दै, बोलेरो म्याक्स पिक-अपले नेपाली बजारको सब-२- कमर्सियल गाडीको सेगमेन्टमा महिन्द्राको नेतृत्वदायी स्थानलाई अझ सुदृढ गर्ने विश्वास लिएको छ ।

महिन्द्रा एन्ड महिन्द्राका इन्टरनेसनल अपरेसन्स प्रमुख सचिन अरोल्करले भने, “बोलेरो म्याक्सले एक उच्चस्तरको सक्षम, भरपर्दो, सुरक्षित, कार्यकुशल र बहुउपयोगी पिक-अपको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ ।

यी गुणहरूसहित कम सञ्चालन खर्चका कारण यो पिक-अप चालक तथा व्यवसायीहरूका बीच लोकप्रिय गाडी रहेको छ । युटिलिटिसँगै सुरक्षा र आरामलाई समेत विशेष ध्यान दिएर डिजाइन गरिएको यस गाडीले साना कमर्सियल गाडीको बजारमा नयाँ आयाम थपेको छ । यो पिक-अप नेपालको बढ्दो लजिस्टिक्स आवश्यकताका लागि निकै उपयुक्त पिक-अप रहेको छ र हामी विश्वस्त छौं कि यसले नेपाली बजारमा महिन्द्राको अग्रस्थान कायम राख्नेछ ।”
अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले भने, “नेपालमा बोलेरो म्याक्स पिक-अप सार्वजनिक गरिरहँदा हामी निकै उत्साहित छौं । यसको विशेषताहरूको कारण यो पिक-अप भारतीय बजारमा अत्यधिक लोकप्रिय भइसकेकै छ ।

यसको मजबुती र बहुआयामिक क्षमता नेपाल जस्तो भौगोलिक रूपमा विविधताले भरिएका सडकहरूका लागि झनै उपयोगी हुनेछ । र यसले नेपालको साना कमर्सियल गाडी (एस-सि-भि) सेगमेन्टमा नयाँ मापदण्ड थप्नेछ भन्ने विश्वास हामी राख्दछौँ।”

बोलेरो म्याक्स पिक-अपले नेपाली पिक-अप सेगमेन्टमा एउटा नयाँ आयाम थप्ने विश्वास लिएको छ । बोलेरो म्याक्स पूर्ण रूपमा नयाँ प्लेटफर्ममा निर्माण गरिएको पिक-अप हो ।

यद्यपि यसले बोलेरोको डिएनएसँग जोडिएका मुख्य विशेषताहरू जस्तै मजबुती, विश्वसनीयता, कम मेन्टेनेन्स खर्च र उच्च रिसेल भ्यालुलाई आत्मसात गरेको छ । साथै, यसले सरल र सदाबहार देखिने बोलेरोको डिजाइनलाई पनि कायम राखेको छ।
डिजेल र सिनजि दुवै विकल्पमा उपलब्ध रहेको यो पिक-अपमा महिन्द्राको अत्याधुनिक एमटुडिआइ इन्जिन रहेको छ ।

यसको भार क्षमता १.७ देखि २ टनसम्म रहेको छ भने कार्गोबेड (ढाला) को लम्बाई १० फिट (वा ३०५० मिमि) सम्म रहेको छ । बोलेरो म्याक्स पिक-अपले उत्कृष्ट आरामसँगै सुरक्षालाई प्राथमिकता दिन्छ ।

यसको फराकिलो ‘ह्विल ट्र्याक’ले गाडीलाई थप सन्तुलन प्रदान गर्छ र ह्यान्डल गर्न अझ सजिलो बनाउँदछ । यसको ‘सिङ्गल – पिस बडि साइड आउटर (बिएसओ) ले गाडीको संरचनालाई थप मजबुत, अडिग र दमदार बनाउँदछ भने ‘हाइ- स्ट्रेन्थ लो-एलोय’ पार्टपुर्जाहरूको प्रयोगले यसको टिकाउपन सुनिश्चित गर्दछ।

images
images

प्रतिक्रिया दिनुहोस्