Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

रामेछापमा हावाहुरीले विद्यालयका छाना उडे, विद्युत सेवा अवरुद्ध

रामेछापमा हावाहुरीले विद्यालयका छाना उडे, विद्युत सेवा अवरुद्ध
विज्ञापन
Advertisement

रामेछाप । सोमबार साँझ चलेको हावा–हुरीले रामेछाप जिल्लाका विभिन्न स्थानमा धेरै क्षति पु¥याएको छ । हावा–हुरीका कारण व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पुगेको स्थानीयले बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

साँझ आएको तीव्र हावाले घर तथा सार्वजनिक भवनका छाना उडाएको छ भने कतिपय संरचना आंशिक रूपमा भत्किएका छन् । दोरम्बाशैलुङ गाउँपालिका–२ दोरम्बास्थित काकलिङ माविको एक भवनको छानो पूर्ण रूपमा उडाएर भुइँमा खसालेको छ । यसैगरी सुनापति गाउँपालिका–५ भिरकोटस्थित बालमावि पनि हावा–हुरीबाट प्रभावित भएको छ । विद्यालय नजिकैको रुख ढल्दा भवनको छानामा क्षति पुगेको छ भने शौचालयसमेत भत्किएको छ ।

हावाहुरीले विभिन्न स्थानमा व्यक्तिका घरमा पनि क्षति पुगेको छ । क्षतिको विवरण आइ नसकेको स्थानीय प्रशासनले जनाएको छ । रामेछापमा १० वर्ष यताको यो सबैभन्दा ठुला हावाहुरी भएको स्थानीयको बुझाइ छ। यस अघि २०७२ सालको भूकम्प पछि यस्तै हावा–हुरी चलेको थियो । हावाहुरीका कारण जिल्लाभर विद्युत सेवामा समेत समस्या देखिएको छ। साँझदेखि अवरुद्ध भएको विद्युत आपूर्ति मंगलबार बिहानसम्म पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

नेपाल विद्युत प्राधिकरणको मन्थली प्रशारण केन्द्रका अनुसार सिन्धुली जिल्ला र दोलखा जिल्लातर्फबाट आएको प्रशारण लाइनमा एकैपटक ‘फल्ट’ देखिँदा विद्युत सेवा बन्द भएको हो। प्राधिकरणका अनुसार लाइनमा आएको समस्या पहिचान गर्न प्राविधिक टोली खटाइएको भए पनि बिहानसम्म समस्या पत्ता लाग्न सकेको छैन । नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit