Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

राष्ट्रपतिलाई अयोगले बुझायो निर्वाचन प्रतिवेदन

राष्ट्रपतिलाई अयोगले बुझायो निर्वाचन प्रतिवेदन
विज्ञापन
Advertisement

काठमाडौं । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको मध्यावधि निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलाई बुझाएको छ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेश गरेका हुन् ।

सो अवसरमा राष्ट्रपतिले कठिन र जटिल परिस्थितिमा पनि निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई धन्यवाद व्यक्त गरे ।

‘फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छ, जसले निर्वाचन आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएको मैले अनुभूत गरेको छु,’ राष्ट्रपति पौडेलले भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit