काठमाडौं । नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले नर्भिक अन्तराष्ट्रिय हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडलाई लाइफटाइम सदस्यताको प्रमाणपत्र प्रदान गरेको छ।
उक्त सम्मान संस्थाको स्वास्थ्य सेवा क्षेत्रमा उत्कृष्टता कायम गर्ने तथा संस्थागत सहकार्य सुदृढ गर्ने प्रतिबद्धताको कदरस्वरूप प्रदान गरिएको जनाइएको छ।
नर्भिक अस्पतालले विगतदेखि नै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ भने विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै स्वास्थ्य क्षेत्रको विकासमा योगदान दिँदै आएको छ।
अस्पतालले नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीसँगको सहकार्यप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत आपसी सहकार्य, विकास र प्रभावकारी योगदानका लागि सक्रिय रूपमा सहभागी हुने जनाएको छ।
नेपाल–ब्रिटेन चेम्बर अफ कमर्ससँगको यो सदस्यताले स्वास्थ्य क्षेत्र र व्यवसायिक संस्थाबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्