काठमाडाैं । सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेट निर्माणका लागि औपचारिक प्रक्रिया अघि बढाएको छ । बजेट निर्माणका लागि बजेट लेखन समिति गठन भएको छ ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्यको मस्यौदा तयार गर्ने र बजेटका सिद्धान्त एवं प्राथमिकताहरू निर्धारण गर्ने मुख्य जिम्मेवारीसहित यो समिति बनाइएको हो ।
राजश्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तर कुमार खत्रीको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरुलाई सदस्यका रूपमा चयन गरिएको छ ।
समितिको सदस्यहरूमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा.सुमन दाहाल, अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा.धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल रहेका छन् ।
यो समितिले मुख्यगरी आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव उपलब्ध गराउने र कार्यान्वयन गरिने आयोजना एवं कार्यक्रमहरूको प्राथमिकीकरणमा सहजीकरण गर्ने कार्य गर्नेछ ।
सङ्घीय संसद्का दुवै सदनमा पेश गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा लेखन कार्य पनि यसै टोलीले गर्ने छ । अर्थमन्त्रीले संसद्मा पेश गर्ने बजेट वक्तव्यको अन्तिम मस्यौदा तयार गरी पेश गर्ने कार्यभार समेत यस समितिलाई तोकिएको छ ।







कर्पोरेट समाचार 


















प्रतिक्रिया दिनुहोस्