images images images
images images images
images
images
images

कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल

images

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समग्र विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् ।

आज नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको नवौं प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीमा लगानीका प्रशस्त सम्भावना भएपनि अपेक्षित रूपमा निजी क्षेत्रको संलग्नता हुन नसकेको उल्लेख गरे।

images
images

मुख्यमन्त्री कँडेलले कर्णाली प्राकृतिक स्रोत, कृषि, पर्यटन तथा जलस्रोतका दृष्टिले धनी प्रदेश भएको भन्दै यिनै क्षेत्रलाई आधार बनाएर आर्थिक विकासको ढोका खोल्न सकिने बताए।
‘कर्णालीमा अवसर धेरै छन्, तर ती अवसरलाई पहिचान गरेर लगानी गर्न आवश्यक छ,’ उनले भने, ‘निजी क्षेत्रले जोखिम लिन सके प्रदेशको आर्थिक समृद्धि सम्भव छ ।’ उनले परम्परागत रूपमा तयारी वस्तु बेच्ने प्रवृत्तिबाट बाहिर निस्केर उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।

‘हामीले उत्पादन बढाउन सके मात्रै आत्मनिर्भर बन्न सक्छौं,’ कँडेलले भने, ‘कृषि, जडीबुटी, जलविद्युत र पर्यटनमा ठूलो सम्भावना छ, यसमा निजी क्षेत्रले लगानी बढाउनु पर्छ ।’
सरकार निजी क्षेत्रलाई आवश्यक सहजीकरण गर्न तयार रहेको उल्लेख गरे । उनले लगानीमैत्री वातावरण निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।लगानीकर्तालाई प्रोत्साहन, नीतिगत सुधार तथा आवश्यक पूर्वाधार विकासमा सरकार लागिपरेको मुख्यमन्त्री कँडेलको भनाइ थियो।

कार्यक्रममा उनले सरकारी अनुदानको दुरुपयोग हुने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरे। अनुदान पाउँदा मात्र काम गर्ने र पछि छोड्ने गलत अभ्यास अन्त्य गर्नुपर्ने उनले बताए। ‘सरकारी रकमको सदुपयोग हुनुपर्छ,’ उनले भने, ‘काम सकिएपछि छोड्ने होइन, त्यसलाई निरन्तरता दिने दीर्घकालीन सोचका साथ परियोजना सञ्चालन गर्नुपर्छ। ’मुख्यमन्त्री कँडेलले विकासका लागि सरकार, निजी क्षेत्र र नागरिकबीच सहकार्य आवश्यक रहेको बताए। ‘विकास एक्लै सम्भव हुँदैन, सबै क्षेत्रको सहकार्यबाट मात्र सम्भव हुन्छ,’ उनले भने, ‘कर्णालीलाई समृद्ध बनाउन सबै एकजुट हुनुपर्छ ।’

images
images

प्रतिक्रिया दिनुहोस्