Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

लागूऔषध सेवन गरी सवारी चलाउने १२ चालक पक्राउ

लागूऔषध सेवन गरी सवारी चलाउने १२ चालक पक्राउ
विज्ञापन
Advertisement

हेटौंडा । मकवानपुर प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेशन ड्रप’ अन्तर्गत लागूऔषध सेवन गरी सवारी साधन चलाउने १२ जना चालकलाई नियन्त्रणमा लिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले गरेको सवारी साधन चेकजाँचका क्रममा ६५ वटा सवारी जाँच गरिएको थियो । सोही क्रममा १२ जना चालकले लागूऔषध सेवन ९लापसे० गरी सवारी चलाएको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार लागूऔषध सेवन गरी सवारी चलाउने कार्यले सडक दुर्घटनाको जोखिम अत्यधिक बढाउने भएकाले यस्तो कार्यविरुद्ध कडाइ गरिएको हो ।

उनले सडक सुरक्षालाई मध्यनजर गर्दै आगामी दिनमा पनि यस्ता चेकजाँचलाई निरन्तरता दिइने जानकारी दिए । साथै, सवारी चालकहरूलाई लागूऔषध सेवन नगरी जिम्मेवार ढंगले सवारी चलाउन आग्रह समेत गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit