Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन उच्चस्तरीय छलफल आयोजना गर्दै अर्थ मन्त्रालय

राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन उच्चस्तरीय छलफल आयोजना गर्दै अर्थ मन्त्रालय
विज्ञापन
Advertisement

 काठमाडाैं । अर्थ मन्त्रालयले राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यसहित आज उच्चस्तरीय छलफल आयोजना गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने उक्त बैठकमा गृहमन्त्री सुधन गुरुङसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, तथा राजश्व प्रशासनका सचिवहरू सहभागी हुनेछन्। साथै, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू तथा राजश्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका महाशाखा र विभागका प्रमुखहरूको पनि उपस्थिति रहने छ।

बैठकमा विशेषगरी राजश्व छली, चोरी पैठारी नियन्त्रण तथा कानुन कार्यान्वयनलाई कडाइका साथ अघि बढाउने विषयमा छलफल हुने जनाइएको छ। यस अवसरमा अर्थमन्त्री डा। वाग्लेले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने तयारी रहेको छ। बिहान ११ बजे सुरु हुने बैठक करिब एक घण्टासम्म सञ्चालन हुने अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिएका छन्।

बैठक सम्पन्न भएपछि त्यसका निष्कर्ष तथा निर्णयबारे सञ्चार माध्यमलाई भिडियो, फोन वा विज्ञप्तिमार्फत जानकारी गराइने पनि मन्त्रालयले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit