Advertisement
Advertisement
Corporate Samachar
१५ असार २०८३, सोमबार
Advertisement

उद्योग वाणिज्य महासङ्घ कोशीको अध्यक्षमा दोस्रो कार्यकालका लागि दोहोरिए राउत

उद्योग वाणिज्य महासङ्घ कोशीको अध्यक्षमा दोस्रो कार्यकालका लागि दोहोरिए राउत
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। आइतबार राति विराटनगरमा सम्पन्न महासङ्घको आठौँ प्रदेशसभाबाट राउत भारी मतान्तरले विजयी भएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

उनले आफ्ना प्रतिस्पर्धी नवीन रिजाललाई ८४ मतान्तरले पराजित गरे। कुल खसेको मतमध्ये राउतले १४२ मत प्राप्त गर्दा रिजालले ५८ मत ल्याए। यसअघि झापामा भएको निर्वाचनमा राउत निर्विरोध निर्वाचित भएका थिए। शिवम् अर्गनाइजेसनका अध्यक्ष समेत रहेका राउत महासङ्घ कोशीका संस्थापक सदस्य हुन्। उनका प्रतिस्पर्धी रिजाल महासङ्घका केन्द्रीय सदस्य हुन्।

अन्य पदाधिकारी निर्विरोध चयन
अध्यक्ष पदमा निर्वाचन भए पनि अन्य चार पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध हुनेहरूमा राउत समूहकै उपाध्यक्ष (जिल्ला–नगर)ऋषिराज तिम्सिना
उपाध्यक्ष (वस्तुगत)राजन श्रेष्ठ, उपाध्यक्ष (एसोसिएट्स) रविनकुमार दाहाल र कोषाध्यक्ष श्रवणकुमार अग्रवाल रहेका छन् । सदस्य पदका लागि एसोसिएट्स सदस्यमा देवकीनन्दन अग्रवाल र भविशकुमार श्रेष्ठ निर्विरोध चयन भए। जिल्ला–नगर सदस्यतर्फ कृष्णप्रसाद रिजाल, राजु ढुङ्गाना राजीव, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी तथा वस्तुगत सदस्य तर्फ सुवास आचार्य र दीपक पाण्डे चयन भएका छन्।

महासङ्घ कोशीको नयाँ नेतृत्व चुन्न जिल्ला–नगरबाट ३८, वस्तुगतबाट १९ र एसोसिएट्सबाट १४८ मतदाता सहभागी थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit