images images images
images images images
images
images
images

प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छः मुख्यमन्त्री यादव

images

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको समग्र आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, मधेस प्रदेशको आज जनकपुरधाममा आयोजित सातौँ प्रदेशसभाको उद्घाटन समारोहमा उनले नीजि क्षेत्रलाई प्रोत्साहन र लगानीमैत्री वातावरण निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

images
images

मुख्यमन्त्री यादवले भने, ‘निजी क्षेत्रको सक्रियताबिना आर्थिक समृद्धि सम्भव छैन । त्यसैले सरकारले नीतिगत सुधार र सहजीकरणमार्फत लगानी आकर्षित गर्ने वातावरण बनाउँदैछ ।’ मधेस प्रदेश, नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा सोहन साहले दीगो र समावेशी विकासका लागि दीर्घकालीन योजनाको आवश्यकता औँल्याए । उनले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्नेमा जोड दिए । महासङ्घ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पराजुलीले प्रदेशबीचको सहकार्य र अनुभव आदानप्रदानले उद्योग व्यवसाय विस्तारमा टेवा पुग्ने धारणा राखे । यस्तै उनले आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई सशक्त बनाउनु आवश्यक रहेको बताए ।

जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज साहले स्थानीय तह र निजी क्षेत्रबीच सहकार्यमा जोड दिँदै लगानी प्रवर्द्धनका लागि सहजीकरण गर्न स्थानीय तहले पनि आपश्यक भूमिका खेल्ने उल्लेख गरे । कार्यक्रममा महासङ्घका नवनिर्वाचित अध्यक्ष विजयकुमार साहले उद्योगी–व्यवसायीको हित संरक्षण गर्दै प्रदेशमा लगानीमैत्री वातावरण निर्माणका लागि आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । साथै उनले निजी क्षेत्र र सरकारबीच समन्वय बढाउँदै आर्थिक गतिविधि विस्तार गर्ने आफ्नो प्राथमिकता रहेको उल्लेख गरे।

कार्यक्रमका अध्यक्ष तथा महासङ्घ, मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले मधेस प्रदेशको आर्थिक समृद्धिका लागि उद्योगी–व्यवसायी एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । उनले प्रदेशमा उद्योग स्थापनाका लागि आवश्यक पूर्वाधार विकास र नीतिगत स्थिरता अपरिहार्य रहेको धारणा राखे । रासस

images
images

प्रतिक्रिया दिनुहोस्