Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रोकिएन शेयर बजारको पहिरो, ‘पर्ख र हेर’मा लगानीकर्ता

रोकिएन शेयर बजारको पहिरो, ‘पर्ख र हेर’मा लगानीकर्ता
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको मंगलबार आइपुग्दा शेयर बजारमा पुन : गिरावट आएको छ । अघिल्लो दिन सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लले शेयर बजारका लागि सुनौलो अवसर आउने बताएपछि उत्साहित बनेका लगानीकर्ता मंगलबार आइपुग्दा पर्ख र हेरको अवस्थामा आइपुगेका छन् । यो दिन नेप्से परिसूचक २.६१ अंकले घटेर दुई हजार सात सय ५७.४० विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक घट्दा कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन ६ अर्ब ७३ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सर्वाधिक करोबार हुने कम्पनीमा न्यादी ग्रुप पावर कम्पनी, रिलायन्स स्पेनिङ मिल्स, आँखुखोला जलविद्युत कम्पनी,एसवाई प्यानेल, नेशनल हाइड्रोपावर कम्पनीको २३ करोड ४६ लाख रुपैयाँदेखि २४ करोड २२ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

त्यस्तै, भुजुङ हाइड्रो पावर, सुपर खुदी हाइड्रोपावर,स्वेतगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेड, रिजलाइन इनर्जीको शेयर मूल्य १० प्रतिशतसम्मले सकारात्मक सर्किट लागेको छ ।आज  एनआईबिएल ग्रोथ फण्ड,झापा इनर्जी,चिरखा हाइड्रो पावर कम्पनीको शेयर मूल्य ३.८३ प्रतिशतसम्मले घटेको छ।

यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये बैंकिङ समूह, होटल तथा पर्यटन, जलविद्युत समूहको सूचक सामान्यले बढ्दा अन्य समूहको सूचकमा सामान्य अंकले घट्न पुगेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit