Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एसइई परीक्षा दिएर फर्किँदा सडकमा जल्यो भविष्य, मृतक र गम्भीर घाइते ६ जनाकै पहिचान खुल्यो

एसइई परीक्षा दिएर फर्किँदा सडकमा जल्यो भविष्य, मृतक र गम्भीर घाइते ६ जनाकै पहिचान खुल्यो
विज्ञापन
Advertisement

जलेश्वर (महोत्तरी) । जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज बिहान दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको घटनाको थप विवरण सार्वजनिक भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मृत्यु हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–६ बस्ने सुरेन्द्र दासका छोरा अन्दाजी २० वर्षीय शुभाष दास, रामदयाल दासका छोरा अन्दाजी २० वर्षीय रवि दास र एकडारा गाउँपालिका–३ बस्ने शत्रुध्न मण्डलका छोरा अन्दाजी २० वर्षीय अभिषेक मण्डल रहेको प्रहरीले जनाएको छ ।

निजका आफन्तहरूले शव पहिचान गरेपछि मृतकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले बताए । त्यस्तै, सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा जलेश्वर नगरपालिका–६ कै सुरेश दासका छोरा अन्दाजी १९ वर्षीय रोहित दास, सोही ठेगानाका लखिन्द्र कापरका छोरा अन्दाजी १९ वर्षीय अभय कापर र एकडारा गाउँपालिका–५ बथनाहाका रामवरण कापरका छोरा अन्दाजी २० वर्षीय अजय कापर रहेका छन् ।

एसइई परिक्षा दिएर दुई मोटरसाइकलमा फर्किएका उनीहरु आपसमा मोटरसाइकल ठोक्किएर दुर्घटनामा परेका थिए । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit