काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले मर्चेण्ट बैंकिङ सेवालाई विस्तार गर्ने उद्देश्यले सहायक कम्पनी स्थापना गर्ने भएको छ। बैंकले प्रचलित मर्चेण्ट बैंकिङ कम्पनी आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर खरिद गरी त्यसलाई आफ्नो सहायक कम्पनीको रूपमा सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको हो।
यसका लागि बैंकले नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरिसकेको जनाएको छ । बैंक र आकाश क्यापिटलबीच संस्थापक शेयर खरिद–बिक्री गर्ने सम्झौतामा यसअघि नै हस्ताक्षर भइसकेको थियो। राष्ट्र बैंकको स्वीकृतिसँगै अब बैंकले प्रचलित धितोपत्र सम्बन्धी कानुन र नियामक व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमति तथा दर्ता प्रक्रियाहरू पूरा गरी सञ्चालनमा ल्याउने जनाएको छ।
कम्पनीका अनुसार हाल आकाश क्यापिटलको नाममा रहेको उक्त कम्पनी बैंकको सहायक कम्पनी बनेसँगै ‘कामना सेवा क्यापिटल लिमिटेड’को नामबाट सञ्चालनमा आउने छ। यससँगै कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई बैंकको मूल सेवाका अतिरिक्त पूँजी बजारसँग सम्बन्धित मर्चेण्ट बैंकिङ सेवाहरू समेत प्रदान गर्नेछ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्