Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

सफ्टवेयर कम्पनी विधिद्वारा नेपाली प्रविधिलाई विश्व बजारमा पुर्‍याउने तयारी

सफ्टवेयर कम्पनी विधिद्वारा नेपाली प्रविधिलाई विश्व बजारमा पुर्‍याउने तयारी
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रमा स्थापित विधि प्रालिले आफ्नो स्थापनाको १२ वर्ष पूरा गरेको छ। सन् २०१४ मा सञ्चालनमा आएको यस कम्पनीले विशेषगरी प्रोडक्ट–आधारित र कस्टमाइज्ड सफ्टवेयरमार्फत नेपाली कर्पोरेट बजारमा बलियो उपस्थिति बनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

विधिको सेवा हाल नेपालका विभिन्न प्रतिष्ठित उद्योग र क्षेत्रहरूमा फैलिएको छ । कम्पनीका अनुसार, विधिको एचआर तथा पेरोल सफ्टवेयर हाल नेपालभरका २०० भन्दा बढी कम्पनीहरूले प्रयोग गरिरहेका छन् भने आईआरपी समाधान निर्माण तथा जलविद्युत् क्षेत्रमा विशेष रूपमा लोकप्रिय बन्दै गएको जनाएको छ । १०० भन्दा बढी कम्पनीहरू यसमा आबद्ध छन्।

ठूला पूर्वाधार आयोजनाको रोजाइमा ‘विधि’

कम्पनीका अनुसार निर्माण क्षेत्रका दिग्गज कम्पनीहरू शर्मा एण्ड कम्पनी, कालिका कन्स्ट्रक्सन र हिमालयन बिल्डर्सले विधिको ईआरपी प्रणाली प्रयोग गर्दै आएका छन्। त्यस्तै, जलविद्युत् क्षेत्रका अपर त्रिशूली, भुगोल हाइड्रोपावर र तनहुँ हाइड्रोपावर जस्ता ठूला परियोजनाहरूले पनि विधिकै प्रविधिमा विश्वास गरेका छन्।

कम्पनीको १२औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले आगामी दिनमा आफ्ना सेवाहरूलाई थप परिष्कृत र प्रविधिमैत्री बनाउने उद्घोष गरे। विशेषगरी उनले आगामी दिनमा एचआर तथा पेरोल र ईआरपी प्लेटफर्ममा एआई(आधारित सुविधा थप्ने तयारी भइरहेको जानकारी दिए। उनले भने, ‘१२ वर्षको यो यात्रामा साथ दिने टिम, ग्राहक र साझेदारहरूप्रति हामी आभारी छौं। अब हामी एचआर, पेरोल र ईआरपी प्लेटफर्ममा एआई–आधारित सुविधाहरू थप्दैछौं।’

कम्पनीले नेपालमा मात्र सीमित नभई अब अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थिति विस्तार गर्ने जनाएको छ। नेपालबाट विश्व बजारका लागि ‘स्केलेबल समाधान’प्रदान गर्ने सोचका साथ विधि प्रालि नयाँ चरणको प्रविधि नवप्रवर्तनमा लाग्ने सापकोटाको भनाइ छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit