Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मुगुमा स्थानीय जडीबुटीबाट बनेको वातशामक तेल लोकप्रिय, बिरामीलाई राहत

मुगुमा स्थानीय जडीबुटीबाट बनेको वातशामक तेल लोकप्रिय, बिरामीलाई राहत
विज्ञापन
Advertisement

मुगु । कर्णाली प्रदेश अन्तर्गत मुगु जिल्लामा पाइने विभिन्न प्रकारका जडीबुटीबाट उत्पादन गरिएको वातशामक तेल पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको छ । स्थानीय रूपमा उत्पादन गरिएको यस तेलले शरीरका विभिन्न रोग तथा दुखाइमा राहत दिएको प्रयोगकर्ताहरूले बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

छायाँनाथ रारा नगरपालिका–१३ रुगा गाउँका अन्दाजी ५५ वर्षीय धनलाल लावड लामो समयदेखि शरीरका जोर्नी, नशा तथा छालासम्बन्धी पीडाबाट ग्रसित थिए । जिल्ला अस्पताल तथा निजी मेडिकलमा लाखौं खर्च गर्दा पनि निको नभएपछि उनले आयुर्वेद स्वास्थ्य केन्द्र मुगु बाट उत्पादित वातशामक तेल प्रयोग गरेका थिए । नियमित प्रयोगपछि आफू अहिले धेरै हदसम्म निको भएको उनले बताए ।

उक्त केन्द्रमा निःशुल्क फिजियोथेरापी, एक्युपञ्चर, खकार तथा रगत परीक्षणसहित औषधी सेवा पाइने भएकाले बिरामीहरूलाई सहज भएको लावडको भनाइ छ । यस्तै, शरीरका विभिन्न भागमा दुखाइको समस्या भोगिरहेका दानबहादुर शाहीले पनि सोही तेल प्रयोगपछि स्वास्थ्यमा उल्लेख्य सुधार आएको बताए । “पहिले हिँडडुल गर्न पनि समस्या थियो, अहिले सहज भएको छ,” उनले भने ।

पछिल्ला तीन वर्षदेखि जिल्लामा पाइने सिस्नु, रास्ना, चरिअमिलो, बेडु, तितेपाती, चुत्रो, सल्ला, भाङ्गो, धतुरो, तिल, तोरी, मेन्थल, कपुर लगायतका जडीबुटी प्रयोग गरी तेल उत्पादन हुँदै आएको छ । यस तेलले ढाड, कम्मर, हाडजोर्नी तथा आमवातजस्ता समस्यामा राहत दिने विश्वास गरिएको छ । चालु वर्षमा २ हजार ६० मिलिलिटरका बोतल उत्पादन गरिएको उक्त तेल उत्पादन मितिले दुई वर्षसम्म प्रयोग गर्न मिल्ने बताइएको छ । तेलसँगै बासा चूर्ण, रास्ना चूर्ण र पाषाणभेद चूर्णसमेत उत्पादन भइरहेको केन्द्रले जनाएको छ । निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी लक्ष्मीप्रसाद पाण्डेका अनुसार बजेट अभावका कारण अन्य औषधी उत्पादन विस्तार गर्न कठिनाइ भइरहेको छ ।

कर्णाली प्रदेश तथा मुगु जिल्लामा पाइने बहुमूल्य जडीबुटीको पहिचान गरी उद्योग सञ्चालन गर्न सके स्थानीय स्तरमै औषधी उत्पादनसँगै आम्दानी वृद्धि हुने सम्भावना रहेको सरोकारवालाहरूको भनाइ छ । राज्यका तीनै तहका सरकारले यस क्षेत्रमा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit