Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सरकारले निजी क्षेत्रका सुझावलाई कार्यान्वयनमा लैजानेमा हामी आशावादी छौं : उपाध्यक्ष ढकाल

सरकारले निजी क्षेत्रका सुझावलाई कार्यान्वयनमा लैजानेमा हामी आशावादी छौं : उपाध्यक्ष ढकाल
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकालले वर्तमान सरकारले अब निजी क्षेत्रका सुझावलाई कार्यान्वयनतर्फ लैजानेमा आफूहरू आशावादी रहेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार काठमाडौंमा आयोजित प्रि बजेट छलफल कार्यक्रममा बोल्दै उनले विगतजस्तो निजी क्षेत्रका सुझावहरू थन्किने अवस्था अब नरहने विश्वास व्यक्त गरे ।

उनले भने,‘अहिलेको परिवर्तनको समयमा हामीले पनि अब नयाँ परिवेशमा सोच्नुपर्छ । र हामीले दिएको सुझाव पहिले जस्तो थन्केर बस्दैनन् । आफ्नो सुझावहरुलाई सरकारले अगाडि बढाउँछ भन्ने लागेको छ । किनकी अर्थतन्त्र बढेन भने जुन सरकार पनि टिकाउ हुँदैन भनेर यो दुई दशकमा देखिसक्यौं । नागरिकको अपेक्षा अनुसार काम नहुँदा यो ठाउँमा आइपुग्नुपर्यो ।’

उनले हरेक राजनीतिक परिवर्तनसँगै निजी क्षेत्रमाथि आक्रमण हुने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिँदै लगानीकर्ता र रोजगारी सिर्जना गर्ने व्यवसायीलाई सम्मान गर्नुपर्ने बताए ।

ढकालले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्ने, आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

‘हरेक राजनीतिक परिवर्तनमा निजी क्षेत्रमाथि आक्रमण हुने परिपाटीबाट बाहिर निस्केर लगानी गर्ने र रोजगारी दिने मानिसलाई सम्मान गर्नुपर्छ भन्ने परिवेशमा हामी अहिले उभिएका छौं ,’उनले भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit