काठमाडाैं । साताको विहिबार नेप्से परिसूचक ४८.७१ अंकले बढेर दुई हजार ८५१.२४ विन्दुमा आइपुगेको छ ।
लगातार घटेर २६ सय विन्दुसम्म झरेको बजारले पछिल्लो अर्थमन्त्री डा. स्वार्णिम वाग्लेको आश्वनपछि पुन बजार लयमा फर्किएको हो । उनले आगामी दिनमा लगानीकर्ताका लागि सुखद दिन आउने बताएका थिए । यो दिन दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, रिलायन्स स्पेनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, सोलु हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
नेप्से परिसूचक बढ्दा कारोबार रकम पनि बढेको छ । ९ अर्ब ९१ कराेड रूपैयाँकाे काराेबार भएकाे छ । जसमा नेशनल हाइड्रो पावर कम्पनी, रिडी पावर कम्पनी, हिमालयन रिइन्स्योरेन्स,एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट,एसवाई प्यानेल नेपाल ३४ करोड ६८ लाख रुपैयाँदेखि ४३ करोड ४७ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
बढेको बजारमा एनआईसी एशिया ब्यालेन्स फण्ड, स्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेडको शेउर मूल्य २.५छ प्रतिशतदेखि ६.७४ प्रतिशतसम्मले घटेको छ । विहीबार कारोबारमा आएका १३ वटा समूहको सूचकमै हरियाली बनेको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्