Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मध्यपूर्वी देशमा द्वन्द्वः २८ जना घाइते, ११ नेपाली पक्राउ

मध्यपूर्वी देशमा द्वन्द्वः २८ जना घाइते, ११ नेपाली पक्राउ
विज्ञापन
Advertisement

काठमाडौं । अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण खाडी मुलुकमा २८ जना नेपाली घाइते भएका छन् । तीमध्ये २७ जना सामान्य अवस्थामा रहेको परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

द्वन्द्वसम्बन्धी फोटो र भिडियो सामाजिक सञ्जालमा हालेपछि ११ नेपाली पक्राउ परेको पनि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी गराए । उनीहरूले डर र त्रास फैलाउने सामग्री हालेपछि पक्राउ परेका थिए ।

उनले भने, ‘नेपालले अमेरिका र इरानबीच जारी द्वन्द्वलाई नजिकबाट नियाली रहेको छ । मध्यपूर्वी देशमा जारी द्वन्द्वका कारण खाडी मुलुकमा घाइते हुने नेपालीको संख्या २८ पुगेको छ । ११ जना नेपाली पक्राउ परेका छन् । द्वन्द्वसम्बन्धी फोटो र भिडियो सामाजिक सञ्जालमा उनीहरूले डर र त्रास फैलाउने सामग्री हालेपछि पक्राउ परेका छन् ।’ युद्धसम्बन्धी फोटो र भिडियो नहाल्न परराष्ट्र मन्त्रालयले नेपालीहरूलाई आग्रह गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit