Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सार्वजनिक सेवा प्रणाली अब चुस्त दुरुस्त हुनुपर्छ : राष्ट्रपति रामचन्द्र पौडेल

सार्वजनिक सेवा प्रणाली अब चुस्त दुरुस्त हुनुपर्छ : राष्ट्रपति रामचन्द्र पौडेल
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोगसहित सबै सम्बन्धित निकायलाई धन्यवाद व्यक्त गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले निर्वाचन प्रक्रियामा नेपाली जनताले देखाएको संयमता, धैर्यता र जिम्मेवारीपूर्ण सहभागिताप्रति आभार प्रकट गरे। उनले लोकतान्त्रिक प्रणाली सुदृढ बनाउन जनताको यस्तो व्यवहार महत्वपूर्ण हुने बताए।

राष्ट्रपतिले विशेषगरी विदेश पलायन भइरहेका युवा पुस्तालाई लक्षित गर्दै देशभित्रै अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए। ‘युवा शक्तिलाई स्वदेशमै टिकाउने वातावरण निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो, उनले भने।

त्यसैगरी, उनले निराश जनशक्तिबाट कुनै पनि राष्ट्रले विकास गर्न नसक्ने उल्लेख गर्दै आशा, विश्वास र अवसरको वातावरण निर्माणमा सरकार गम्भीर हुनुपर्ने बताए।

राष्ट्रपति पौडेलले भ्रष्टाचार अन्त्य गर्दै सार्वजनिक सेवा प्रणालीलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन पनि जोड दिएका छन्। उनले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

सम्बोधनको अन्त्यमा राष्ट्रपति पौडेलले देशको समृद्धि र स्थायित्वका लागि सबै राजनीतिक दल, सरकारी निकाय र नागरिक एकजुट भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit