काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र चुनाव रोकिने भएको छ । उच्च अदालतले तत्कालका लागि साधारणसभा र चुनाव रोक्न आदेश दिएको हो ।
आज उच्च अदालत पाटनका न्यायधीशद्वय खड्कबहादुर के. सी. र दीपक खनालको संयुक्त इजलाशले निवेदकको माग बमोजिम नै अन्तरिम आदेश जारी गरेसँगै महासंघको ६०औँ साधारणसभा र निर्वाचन तत्कालका लागि रोकिएको हो ।
चैत्र २२ गते नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ सहितका सदस्यले निर्वाचन रोक्न माग गर्दै रिट दायर गरेका थिए । रिटमा उद्योग वाणिज्य महासंघ, महासंघको कार्यकारणी समिति, महासंघको सदस्यता समिति र महासंघको निर्वाचन समितिलाई विपक्षी बनाईएको थियो।
यस मुद्दामा चैत्र २३ गते न्यायधीश स्वीकृति पराजुलीको एकल इजलाशले कारण देखाउ आदेश र अल्पकालिन अन्तरिम आदेश जारि हुने आदेश दिएको थियो। आज चैत्र २६ गते सोहि आदेशले निरन्तरता पाउने गरि अन्तरिम आदेश जारी भएको हो ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्