काठमाडौं। चीनले कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत आफ्नो उत्पादन क्षेत्रलाई तीव्र रूपमा रूपान्तरण गरिरहेको छ। यसको एक उत्कृष्ट उदाहरण सिरिज हो, जुन चोंगकिंगमा अवस्थित एक अग्रणी अटोमोबाइल कम्पनी हो।
अहिले यो सहर चीनका प्रमुख अटोमोबाइल हबमध्ये एक बनेको छ। सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म मात्रै यहाँ करिब २५ लाख सवारी साधन उत्पादन भएको तथ्यांकले औद्योगिक विकासको तीव्र गति झल्काउँछ।
यस परिवर्तनको केन्द्रमा सेरेसले चोंगकिंगमा निर्माण गरेको एआई सुपर फ्याक्ट्री” रहेको छ। सन् १९८६ मा सानो उत्पादकका रूपमा सुरु भएको सेरेस अहिले हुवायसँग सहकार्य गर्दै ‘अटाे’ ब्रान्डअन्तर्गत स्मार्ट इलेक्ट्रिक सवारी उत्पादन गरिरहेको छ। यस सहकार्यमा सेरेसले गाडी निर्माण गर्छ भने हुवावेले स्मार्ट ड्यासबोर्ड, कनेक्टेड सिस्टम र चालक सहायक प्रविधि उपलब्ध गराउँछ।
यस फ्याक्ट्रीको मुख्य विशेषता भनेको एआईको गहन प्रयोग हो। हुवावेले विकास गरेको ‘इन्ड्रट्रियल ब्रेन’ प्रणालीले सम्पूर्ण उत्पादन प्रक्रियालाई नियन्त्रण गर्छ।
ठूला स्क्रिन र डिजिटल सिमुलेसनमार्फत उत्पादनको प्रत्येक चरणलाई रियल टाइममा निगरानी गरिन्छ। यहाँ तीन हजार भन्दा बढी रोबोटहरूले वेल्डिङ, पेन्टिङ र असेंबलीजस्ता कामहरू गर्छन्, जसले उत्पादन प्रक्रियालाई अत्यधिक स्वचालित बनाएको छ।
गुणस्तर सुधारमा पनि एआईले महत्वपूर्ण भूमिका खेलेको छ। गाडीका महत्त्वपूर्ण भागहरू जस्तै नटबोल्ट क्यामेरामार्फत स्क्यान गरिन्छ र तस्बिरहरू एआई प्रणालीमा पठाइन्छ। यस प्रणालीले ९९.९ प्रतिशतसम्मको शुद्धतासहित त्रुटिहरू पहिचान गर्न सक्छ। पहिले कामदारलाई केही मिनेट लाग्ने कार्यहरू अहिले केही सेकेन्डमै सम्पन्न भइरहेका छन्। जटिल वायरिङ जस्ता कार्यहरू समेत साधारण स्मार्टफोनबाट खिचिएको तस्बिरमार्फत एआईले सहजै निरीक्षण गर्न सक्छ।
फ्याक्ट्री र सप्लायर्सबीचको समन्वय पनि यस मोडेलको अर्को बलियो पक्ष हो। केही प्रमुख सप्लायर्स फ्याक्ट्रीभित्रै रहेका छन् भने अन्य सप्लायर्सहरू डिजिटल रूपमा एआई प्रणालीसँग जोडिएका छन्। यसले सप्लाइ चेन व्यवस्थापनलाई थप प्रभावकारी बनाएको छ र उत्पादन प्रक्रियामा ढिलाइ कम गरेको छ।
नेपालका लागि यो मोडेल महत्वपूर्ण सिकाइ बन्न सक्छ। यद्यपि नेपालमा उत्पादन क्षेत्र अझै विकासकै चरणमा छ, तर सानै स्तरबाट एआई अपनाउने सम्भावना प्रशस्त छ। उदाहरणका लागि, गुणस्तर जाँचमा अटोमेसन, सप्लाइ चेन व्यवस्थापनमा डिजिटल प्रणाली, तथा उत्पादन निगरानीमा डेटा प्रयोगजस्ता अभ्यासहरू लागू गर्न सकिन्छ।
चोंगकिंगजस्तै औद्योगिक विकासका लागि सरकारी सहयोग, नवप्रवर्तन केन्द्र स्थापना र एआई प्लेटफर्म विकास आवश्यक देखिन्छ। यस्ता पहलले स्थानीय उद्योगलाई प्रतिस्पर्धी बनाउँदै उत्पादन क्षमता वृद्धि गर्न सहयोग पुर्याउन सक्छ।
नेपालले आफ्नो औद्योगिक आधारलाई सुदृढ बनाउने दिशामा अघि बढिरहेको सन्दर्भमा सेरेसको उदाहरणले देखाउँछ । प्रविधि, सहकार्य र स्मार्ट रणनीतिको संयोजनबाट उत्पादन क्षेत्रमा उल्लेखनीय परिवर्तन सम्भव छ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्