लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा प्रदेशका गौरव र बहुवर्षीय आयोजनालाई पहिलो प्राथमिकतामा राख्ने जनाएको छ । सरकारले आगामी आवमा योजना छनोटका गर्दा गौरव र बहुवर्षीय आयोजनालाई स्पष्ट प्राथमिकतामा राख्दै बजेट निर्धारण गरिने जनाएको हो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरव र बहुवर्षीय आयोजना पहिलो प्राथमिकतामा रहने, अधुरा आयोजना सम्पन्न गर्नु दोस्रो प्राथमिकता र त्यसपछि मात्रै नयाँ आयोजना समावेश गरिने बताए ।
उनले प्रदेशको वास्तविक आर्थिक अवस्थाभन्दा बजेट नबनाउने प्रतिबद्धता दोहो¥याउँदै यथार्थपरक बजेट निर्माणमा जोड दिए । हाल करिब ६ अर्ब हाराहारीमा रहेको राजस्वलाई आगामी आवमा साढे रु छ अर्बसम्म पु¥याउने प्रक्षेपण गरिएको जानकारी दिए ।
मुख्यमन्त्री आचार्यले विगतका कमजोरीबाट शिक्षा लिएर सुधार गर्दै अघि बढ्ने उल्लेख गर्दै बजेट आवश्यकता र औचित्यका आधारमा निर्माण गरिने बताए ।
जिल्ला समन्वय समितिलाई अनुगमनसँग जोड्न ऐन संशोधन गरिएको र स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई अनुगमनमा सहभागी गराउने तयारी भइरहेको उनले जानकारी दिए ।
संविधानले निर्दिष्ट गरेको अधिकार क्षेत्रभित्र तीनै तहका सरकार स्वतन्त्र रूपमा अघि बढ्नुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए ।
तीन तहका सरकार कसैका इकाइ नभई आफ्नै अधिकारसहित स्वायत्त रहेको उहाँको भनाइ छ । लुम्बिनी प्रदेशले विगतको तुलनामा राजस्व सङ्कलनमा सुधार गर्दै गएको उल्लेख गर्दै उनले बागमती प्रदेशपछि राजस्व सङ्कलनमा लुम्बिनी अग्रस्थानमा रहेको जानकारी दिए ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्