काठमाडाैं । नवलपुरको देवचुलीमा औद्योगिक तथा सवारीसाधनका लागि प्रयोग हुने सर्भो लुब्रिकेन्ट उत्पादन केन्द्र सञ्चालनमा आएको छ। भारतीय निगम र गोल्छा ग्रुपबीचको सहकार्यमा स्थापना भएको उक्त उद्योगले औपचारिक रूपमा उत्पादन सुरु गरेको हो।
यस परियोजनालाई दुवै संस्थाबीचको विश्वास, साझा दृष्टिकोण र गुणस्तरप्रतिको प्रतिबद्धताको परिणामका रूपमा हेरिएको छ। उद्योग सञ्चालनसँगै करिब १५० जनालाई रोजगारी सिर्जना हुने शेखर गोल्छाले बताए ।
नयाँ उत्पादन केन्द्रले नेपालमा औद्योगिक तथा अटोमोबाइल लुब्रिकेन्टको आन्तरिक उत्पादन बढाउँदै आयातमा निर्भरता घटाउने र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुर्याउने गोल्छाको भनाइ छ ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्