काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले चालु आर्थिक वर्ष २०८२र८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा उल्लेख्य गिरावट देखिएको छ भने खुद बीमा शुल्क आर्जनमा भने सुधार आएको छ।
कम्पनीले चैत मसान्तसम्म १३ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.१२ प्रतिशतले कम हो। अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले २५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो।
यस्तै, कम्पनीले तेस्रो त्रैमाससम्म २ अर्ब ९७ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो आवको तुलनामा ०.९९ प्रतिशतले बढी हो । अघिल्लो आवको यही समयमा कम्पनीले २ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन बढेर १ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको यही अवधिसम्म कम्पनीले १ अर्ब २९ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो।






