Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदनः मुद्रा प्रदाय लक्ष्यभन्दा माथि, निजी क्षेत्रको कर्जा विस्तार भने सुस्त

मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदनः मुद्रा प्रदाय लक्ष्यभन्दा माथि, निजी क्षेत्रको कर्जा विस्तार भने सुस्त
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने पूर्वसन्धामा बैंकले समीक्षा सार्वजनिक गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

चालु आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल राष्ट्र बैंकले विस्तृत मुद्रा प्रदाय १३ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा १२ प्रतिशतसम्म वृद्धि हुने प्रक्षेपण गरेको थियो। तर, आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा मुद्रा प्रदाय लक्ष्यभन्दा माथि पुगेको देखिएको छ भने निजी क्षेत्रतर्फको कर्जा विस्तार भने अपेक्षाभन्दा निकै सुस्त रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०८३ वैशाख मसान्तसम्म विस्तृत मुद्रा प्रदाय १५.२ प्रतिशतले वृद्धि भएको छ। यो केन्द्रीय बैंकले निर्धारण गरेको १३ प्रतिशतको लक्ष्यभन्दा २.२ प्रतिशत बिन्दुले बढी हो।

यता, बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा भने वैशाख मसान्तसम्म ६.७ प्रतिशतले मात्र वृद्धि भएको छ। यो वार्षिक लक्ष्य १२ प्रतिशतको तुलनामा निकै कम हो, जसले निजी क्षेत्रको कर्जा माग अझै अपेक्षित रूपमा विस्तार हुन नसकेको संकेत गरेको छ।

अर्थविद्हरूका अनुसार वित्तीय प्रणालीमा पर्याप्त तरलता रहे पनि उद्योग, व्यवसाय तथा लगानी विस्तारमा अपेक्षित गति नआउँदा कर्जा प्रवाह लक्ष्यअनुसार बढ्न नसकेको हो। अर्कोतर्फ, रेमिट्यान्स, निक्षेप वृद्धि तथा वैदेशिक मुद्राको आप्रवाहका कारण मुद्रा प्रदाय भने उल्लेख्य रूपमा विस्तार भएको देखिन्छ।

राष्ट्र बैंकका अनुसार विश्व भूराजनीतिक तनाव, पेट्रोलियम पदार्थको मूल्य वृद्धि र आपूर्ति श्रृंखलामा देखिएको अवरोधजस्ता अन्तर्राष्ट्रिय चुनौतीका साथै आन्तरिक रूपमा असोज महिनाको अधिक वर्षा र बाढीपहिरोका कारण कृषि उत्पादनमा आएको कमीले अर्थतन्त्रमा असर पारेको छ।

निजी क्षेत्रको मनोबल कमजोर हुनु, सार्वजनिक तथा निजी निर्माणमा सुस्तता आउनु र विगतका कर्जाको गुणस्तर कमजोर भई निष्क्रिय कर्जा बढ्दा बैंकहरूको लगानी क्षमता प्रभावित भएको प्रतिवेदनमा जनाइएको छ

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit